coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

मितेरी स्कूल

ताङतिङ र बेलायतको विद्यालयबीचको मितेरी सम्बन्धले सुखद परिणाम दिइरहेको छ।

कास्की जिल्ला मादी गाउँपालिका–२ ताङतिङस्थित हिमालय मिलन माध्यमिक विद्यालय र बेलायतस्थित मेडस्टोन ग्रामर स्कूल फर गर्ल बकल्याण रोड केन्टबीच विसं ०६७ वैशाख १ गते मितेरी साइनो गाँसिएको थियो। पहार ट्रस्ट नेपाल मार्फत दुई विद्यालयबीच मितेरी गाँसिएको हो। खासमा ट्रस्टले नेपालमा २०० भन्दा बढी विद्यालय, बालविकास केन्द्र र स्वास्थ्य चौकी स्थापना गरी दुर्गम गाउँको शैक्षिक विकासमा सहयोग गर्दै आएको छ।  

बेलायत र ताङतिङको विद्यालयबीच भगिनी सम्बन्ध स्थापना गर्नुको प्रमुख उद्देश्य दुई विद्यालयका शिक्षकमा पेशागत र सिकाइ अनुभव आदानप्रदान गर्नु, शिक्षण विधि र सिकाइ उपलब्धि वृद्धि गर्न आपसी सहकार्य गर्नु हो। दुवै विद्यालयका विद्यार्थीबीच पत्रमित्रताका माध्यमबाट ताङतिङ र मेडस्टोनको भूगोल, रहनसहन संस्कृतिको आदानप्रदान, परम्परा र पेशा र पारिवारिक सम्बन्ध विकास गरेर भाइचारा कायम गर्ने प्रयास हुृँदै आएको छ।   मितेरी साइनो गाँसिएपछि मेडस्टोन स्कूलबाट १६० जना विद्यार्थी र शिक्षकले ताङतिङ गाउँ भ्रमण गरिसके। दुई विद्यालयको मिलेमतोमा शिक्षासम्बन्धी परियोजना सञ्चालन भैसकेका छन्।

फोहर मैला व्यवस्थापन, पृथ्वीको स्याहार, करेसाबारी निर्माण लगायतका दर्जनौं परियोजनामा  सहकार्य  भइसकेको छ। ब्रिटिस काउन्सिल मार्फत हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङले मितेरी स्कूलमा तीन पटक भ्रमण गरिसकेका छन्। कार्यक्रममा उनले ताङतिङको प्रस्तुति दिँदै आएका छन्। भर्खरै बेलायतबाट ८० जना विद्यार्थी ताङतिङ आएर फर्के। उनीहरू २० दिन गाउँमा बसेर ग्रामीण जीवनशैली अध्ययन गरे। विद्यार्थीसँग पढ्न र खेल्न सहकार्य गरे। गाउँको खेतीपातीका काममा पनि सघाए।  

बेलायतमा विद्यार्थीले बर्सेनि चन्दा संकलन गरेर नेपाल पठाउँछन्। त्यसबाट हिमालय मिलन माविको भौतिक सुधारमा टेवा पुग्दै आएको प्रधानाध्यापक गुरुङ बताउँछन्। ‘आगामी वर्षमा हाम्रा विद्यार्थीलाई पनि हामी बेलायत घुमाउँछौ’, उनले भने।

प्रकाशित: २४ फाल्गुन २०७६ ०२:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App