२५ असार २०८१ मंगलबार
image/svg+xml

प्रहरी र तस्कर समूहबीच गोली हानाहान

सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो।

करिडोर सवारी व्यवस्थापनमा ट्राफिक

करिडोरमा समेत ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले छुट्टै ट्राफिक प्रहरी टोली खटाएर ट्राफिक जाम हल गर्ने भएको छ। महाशाखाले करिडोर सडक पनि व्यवस्थापन गर्न आवश्यक देखेपछि नयाँ योजना तय गरेको हो।

घुस फिर्ता गर्ने ट्राफिक प्रहरी पुरस्कृत

महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ। महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो।

गोप्य अनुसन्धानमा खटिने प्रहरीलाई नियमविपरीत छुट्टै पोसाक

बागमती प्रदेश प्रहरी कार्यालयले गोप्य अनुसन्धानमा खटिने प्रहरी कर्मचारीको पहिचान खुल्नेगरी पोसाक तोकेपछि अनुसन्धानमा बाधा पुग्ने देखिएको छ। अनुसन्धानमा खटिने प्रहरीको हुलिया खुलाउन नहुने सुरक्षा निकायका विज्ञहरूले बताए ।

सशस्त्र प्रहरीले सातै प्रदेशमा प्रतिआतंकवाद सेल बनाउँदै

सशस्त्र प्रहरी ऐन परिच्छेद–२ को धारा ६ मा भएको लसशस्त्र प्रहरी बल, नेपालको गठन र सञ्चालन सम्बन्धी व्यवस्थालाई टेकेर सशस्त्र प्रहरी मूख्यालयले सबै प्रदेश कार्यालयहरूबाट सञ्चालन हुनेगरी प्रतिआतंवकवाद सेल निर्माण गर्न लागेको हो।

उपत्यकामा सवारी चेकजाँचमा कडाइ

होलीको समयमा लापरवाही गर्दै सवारी चलाउने सवारी नियम तोड्ने जस्ता गतिविधि हुने भन्दै ट्राफिक प्रहरी महाशाखाले सुरक्षा योजनासहित प्रहरी परिचालन गरेको हो।

अनाथ आश्रममा बलात्कार : आश्रममा रहेका १५ बालबालिकाको उद्वार

दाङ तुलसीपुरस्थित अनाथ आश्रममा बस्दै आएकी एक बालिकालाई आश्रमका सञ्चालक बिष्णु चौधरीले बलात्कार गरेको उजुरी परेपछि उक्त आश्रममा रहेका अन्य बेसहारा बालबालिकाहरुलाई आश्रमबाट उद्वार गरिएको छ ।

सिन्धुलीका एसपी तिमल्सिनाको तीन महिना नबित्दै सरुवा

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी आभुषण तिमल्सिनाको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले पुसको अन्तिम साता मात्रै सिन्धुलीमा सरुवा गरि पठाएको एसपी तिमल्सिनाको तीन महिना नबित्दै सरुवा भएको हो।

ट्रकको ठक्करबाट प्रदेश २ को मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरीको मृत्यु

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार ट्रकको ठक्करबाट प्रहरी सहायक निरीक्षक मदनजङ्ग कापरको मृत्यु भएको हो। उनी प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत रहेका थिए। आज बिहान करीब ३ बजे प्रहरी सहायक निरीक्षक कापरको शव बरामद भएको थियो।

बसको ठक्करले युवतीको मृत्युपछि लम्कीमा तनाव

पुर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा आज मंगलवार बिहान वसको ठक्करले युवतीको मृत्यु भएको घटनाको बिरोधमा स्थानिय प्रदर्शनमा उत्रेपछि लम्कीमा तनाव भएको छ । प्रहरीले चलाएको गोली लागेर २ जना घाइते भएका छन ।

मोबाइल पड्किँदा किशोरीको मृत्यु

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो।

स्कुल बस दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु, २२ जना घाईते

विद्यार्थी लिन गाउँ गएको उक्त बस विद्यार्थी लिएर फर्कदै गर्दा तुलसीपुर १५ सरैयाँ भन्ने स्थानमा बिहान ६ बजेतिर पल्टिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक झलक शर्माले जानकारी दिएका छन् ।

लागुऔषध दुर्व्यसनीविरुद्ध शिक्षा दिँदै जुम्ला प्रहरी

जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषधविरुद्ध सचेतना अभियान थालेको छ। लागुऔषध सेवनका कारण कुनै पनि युवाको भविष्य नबिग्रियोस् भन्नका लागि प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम मार्फत् सचेतना अभियान थालेको हो।

केरा बगैँचामा लुकाएर राखिएको ४९ किलो गाँजा बरामद

गाँजा भेटिएको ठाउँबाट भारतीय बजार निकै नजिक भएका कारणले भारतीय बजारमा बिक्रीका लागि लैजाने उद्देश्यले गाँजा भण्डारण गरेर राखिएको हुनसक्ने प्रहरीको अनुमान छ। पछिल्लो सयम सुनसरीका विभिन्न सीमावर्ती नाकाबाट अवैध गाँजा तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीयवासीले बताएका छन्।

हत्या आरोपित १७ वर्षपछि पक्राउ

प्रहरीका अनुसार फुपूलाई ललाइफकाइ भगाई लगेको आवेसमा आरोपित मण्डलले घर अगाडि ट्युवेलमा नुहाइरहेका सदाको पेटमा फलामको धारिलो छुराले प्रहार गरी घाइते बनाएका थिए। आन्द्राभुँडी बाहिर निस्की रगताम्य भई बेहोस भएका सदालाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्