२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

करिडोर सवारी व्यवस्थापनमा ट्राफिक

उपत्यकाका मुख्य सडकमा हुने ट्राफिक व्यवस्थापन गर्न करिडोर सडक महत्वपूर्ण मानिएको छ। तर त्यस्ता करिडोरमा समेत ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बनेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले छुट्टै ट्राफिक प्रहरी टोली खटाएर ट्राफिक जाम हल गर्ने भएको छ। महाशाखाले करिडोर सडक पनि व्यवस्थापन गर्न आवश्यक देखेपछि नयाँ योजना तय गरेको हो।

उपत्यकाका मुख्य करिडोर विष्णुमती, वाग्मती, धोबीखोला र मनोहराको प्रभावकारी व्यवस्थापन गर्ने योजनासहित यो योजना बनेको हो। बुधबारदेखि नै लागु उक्त नियमअन्तर्गत करिडोरलाई २४ खण्डमा विभाजन गरी करिडोर क्लियरेन्सका लागि १७ टोली परिचालन गरिसकेको छ। 

महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले करिडोर सडकमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रूपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्यसहित छुट्टै डेडिकेटेड टिम परिचालन गरिएको बताए। ‘मुख्य सडकमा जाम बढेको छ, अहिले त भित्री सडकमा पनि सवारीसाधन व्यवस्थापन गर्न असहज हुन थालेको छ,’ उनले भने, ‘त्यसैले यो नियम लागु गरेका हौं।’ उनका अनुसार यो टिमले आम सवारीचालकलाई आफ्नो गन्तव्यसम्म पुग्न छोटो र सहज तरिकाले करिडोर सडक प्रयोग गर्न प्रोत्साहन गर्नेछ। 

प्रकाशित: २१ चैत्र २०७७ ०२:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App