२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मलेसिया रोजगारी खोल्न भोलि संयुक्त बैठक, नेपाली पक्ष आशावादी

लामो समयदेखि बन्द रहेको मलेसिया रोजगारी सुचारु गर्ने विषयमा नेपाल र मलेसियाका अधिकारीहरु सम्मिलित संयुक्त कार्यदलको ‘निर्णायक’ बैठक भोलि मलेसियामा बस्दै छ। दुई देशबीच २०७५ कात्तिक १२ गते सम्पन्न श्रम सम्झौतायताको अवस्थाबारे छलफल गर्दै मलेसिया रोजगारी सुचारु गर्न दुई देशका अधिकारीहरु बैठकमा बस्न लागेका हुन्।

नेपाल–चीन उच्चस्तरीय बैठकः तीन समझदारीपत्रमा हस्ताक्षर

विदेशमन्त्री स्तरीय नेपाल–चीन संयन्त्र बैठकले तीन वटा मुख्य विषयमा हस्ताक्षर भएको छ।

नेपाल - चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु

नेपाल चीन उच्चस्तरीय संयन्त्र बैठक सुरु भएको छ। होटल याक एण्ड यतीमा भइरहेको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली टोलीको नेतृत्व गरेका छन्।

सत्तापक्षकै सांसदले गरे प्रदेशसभा बैठक अवरुद्ध

आइतबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेकाले आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ।

जग्गा फिर्ता प्रस्ताव मन्त्रिपरिषद्मा अझै गएन

मन्त्रालय स्रोतका अनुसार मन्त्रीको टेबलमा राखिएको उक्त प्रस्तावमा ललितानिवासमा हडपिएको ४ सय ५० कित्ता जग्गा सरकारको नाममा फर्काउने उल्लेख छ। हडपिएको जग्गामध्ये १६÷१७ कित्ता जग्गाबारे छानबिन भइरहेको स्रोतले बतायो।

समाजवादीको यस्तो प्रस्तावः जसले ल्यायाे राजपामा हलचल

समाजवादी पार्टी र राजपा नेपालबीच एकताका लागि बसेको पहिलो औपचारिक बैठकमा समाजवादी पार्टीले एकिकरणको प्रस्ताव पेश गरेको छ। समाजवादी पार्टीको तर्फबाट बुझाइएको लिखित प्रस्तावले राजपामा हलचल पैदा भएको छ।

आन्तरिक विवादमा रुमल्लिएको राजपाको बैठक सकियो

आन्तरिक विवादमा रुमल्लिएको मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक बसेको छ। शुक्रबार अपरान्ह पार्टी कार्यालय बबरमहलमा राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको बैठक हालका संयोजक राजकिशोर यादवको अध्यक्षतामा बसेको हो।

‘भिडियो कन्फरेन्स प्रविधिमार्फत मन्त्रिपरिषद् बैठक बसेको छैन’

प्रधानमन्त्री ओलीले सोमबार समाजिक सञ्जाल ट्विटरमा प्रविधि र प्राविधिकलाई धन्यवाद दिँदै लेखेका थिए, ‘आज (सोमबार) पहिलोचोटी सिंगापुरबाट टेलिप्रिजेन्समार्फत मन्त्रिपरिषद्को बैठक बस्न सकियो। मन्त्रिपरिषद्का सबै सहभागी साथीलाई धन्यवाद। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयका सबै सहयोगीलाई धन्यवाद। ’

मलेसिया रोजगारीमा ब्रेकथ्रुः मेडिकल थप्न मलेसिया सकारात्मक, अर्काे महिना संयुक्त बैठक

पन्ध्र महिनादेखि बन्द रहेको मलेसिया रोजगारी केही दिनमै खुल्ने भएको छ। लामो समयसम्म विवाद देखिएको स्वास्थ्य संस्था सूचीकरणको विषयमा मलेसियाले लिखित जवाफ पठाएसँगै अब नेपाली कामदारका लागि मलेसिया जाने बाटो पुनः खुल्ने निश्चित भएको हो।

मन्त्रिपरिषद्जस्तो संवेदनशील विषय भिडियो कन्फ्रेन्सबाट गरिनु स्वीकार्य छैनः कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद् बैठक गर्ने सरकारको कार्यशैलीप्रति गम्भीर विमति जनाएको छ।

सभामुखले भिडियोबाटै संसद चलाए के हुन्छ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्ने निर्णयप्रति आपत्ति जनाएको छ।  प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघिको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री देशबाहिर रहेका बेला भिडियो कन्फ्रेन्समार्फत बैठक बस्नसक्ने गरी मन्त्रिपरिषद बैठक सम्बन्धी कार्यविधि संशोधनको निर्णय गरेको थियो।

भिडियो कन्फरेन्स कति सुरक्षित

आइटी सेक्युरिटीका क्षेत्रमा काम गरिरहेका विजय लिम्बु भिडियो कन्फरेन्समार्फत बैठक गर्दा सूचना चुहावटका हिसाबले जोखिमपूर्ण हुने बताउँछन्।

नेकपामा कसले के जिम्मेवारी पाए ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले केन्द्रीय कमिटीमा चार जनालाई मनोनित गरेको छ। आज बसेको सचिवालय बैठकले चार नवप्रवेशीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।

सिंगापुरदेखि काठमाडौं भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

उपचारको लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषदको बैठक राखेका छन्। भिडियो कन्फ्रेन्सबाट पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।

'प्रचण्ड'काे अध्यक्षतामा सचिवालय बैठक बस्दै

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर जानुअघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिएका थिए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्