२० आश्विन २०८१ आइतबार
image/svg+xml

अबको निकास के ?

कुनैबेला डा. गोविन्द केसीले लुटतन्त्र, माफिया, गुन्डागर्दी र बेथितिले मुलुकमा शासन गरिरहेको छ भन्दा किन डा.साबले यति चर्को अभिव्यक्ति दिनुभएको होला भनेर म अचम्भित हुन्थेँ। तर लोकतान्त्रिक र राष्ट्रिय भावनाले ओतप्रोत भएको सरकारले आफैँ गर्नुपर्ने आधारभूत सवालमा माग राखेर सत्याग्रहमा बसेका डा. केसीमाथि धोका दिने र छलकपट गर्ने तथा पशुपति शर्माको गीतसँग डराउने सरकारका लागि उक्त विशेषणहरू चर्को नभएर नित्तान्त स्वाभाविक भएको आज जसरी नेपाली समाजले स्वीकार गरेको छ त्यसबाट ज्यादै गम्भीर राजनीतिक र सामाजिक सन्देश सञ्चारित भएको छ।

बजार बेथिति

नारायणहिटीमा राजा छैनन्, बजारमा भने छन्। खुला बजार अर्थतन्त्रले प्रत्येक उपभोक्तालाई राजा मान्छ। यी राजा सन्तुष्ट भएनन् भने बजारमा कोही पनि टिक्न सक्दैन। तिनलाई बजारबारे जानकार बनाउन सक्नुपर्छ। उनीहरूले मनपर्ने वस्तु उपभोग गर्न पाउनुपर्छ।

वैदेशिक रोजगारको बेथिति : दिनहुँ बेरोजगारको ५० लाख लुट (भिडियो)

स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैयाँ हाराहारी ठगी हुने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनका एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमिते जस्तै देखिन्छन्।

विकासको यो बेथिति!

भौतिक पूर्वाधार निर्माणमा हुने खेलाँचीको परिणाम कस्तो भयानक हुन्छ भन्ने उदाहरण शनिबार रौतहटको लालबकैया नदीमा भएको डुंगा दुर्घटनाले देखाएको छ। डुंगा नदीमा डुब्दा अहिलेसम्म चारजनाको ज्यान गएको छ भने एकजना बेपत्ता छन्।

तालिम र गोष्ठीका नाममा फजुल खर्च

सर्वसाधारणबाट ढाड सेकिने गरी विभिन्न शीर्षकमा संकलित कर स्थानीय तहका पदाधिकारीले आफूनजिकका मानिस र कार्यकर्तालाई खुसी पार्न खर्च गर्ने गरेका छन्।

अब गृहमन्त्रीको नजर एनजिओ र आईएनजिओको बेथितिमा

राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजिओ)को अनुगमन र नियमनमा अब कडाई गरिने भएको छ।

बेथितिविरुद्ध निरन्तर कलम चलाउने प्रतिबद्धता

नेपाल रिपब्लिक मिडियाले मंगलबार आफ्नो स्थापनाको १०औं वार्षिकोत्सव मनाएको छ । यस उपलक्ष्यमा आयोजित कार्यक्रममा मिडियाका प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले सामूहिक प्रयासमा मात्र सञ्चारकर्म सफलतामा पुग्ने बताए।

बेथिति रोक्न खोज्दा सरुवा

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक कुमार दाहालको सरुवा गरेका छन् । व्यापारीको प्रभावमा परेर दाहाललाई मन्त्री यादवले मंगलबार सरुवा गरेको आरोप लागेको छ।

उपचार खर्चमा बेथिति

स्वास्थ्योपचारका निम्ति शक्तिशालीहरूलाई राज्य ढुकुटीबाट गरिने खर्चको औचित्यमाथि पटक–पटक प्रश्न उठ्ने गरेको छ । पछिल्ला दिनमा मन्त्रीदेखि विभिन्न नेताको उपचारका लागि दिइएको खर्चले राज्य सञ्चालनमा विधि र प्रक्रियाको ठाडो उपहाससमेत गरेको छ । राज्यले गर्ने कुनै पनि निर्णय औचित्यपूर्ण हुनुपर्छ । त्यस्ता निर्णय प्रभावका आधारमा हुन थाल्यो र त्यही किसिमको उपचारबाट सर्वसाधारण भने वञ्चित हुने अवस्था आउनु निःसन्देश समतामूलक समाजको लक्षण होइन । समतामूलक समाज त्यही हो, जसले आवश्यक औषधोपचारका लागि पहुँच प्रयोग गर्नु नपरोस्।

चिकित्सा शिक्षामा चरम बेथिति भएको अयोगको ठहर

विराटनगरस्थित नोबल मेडिकल कलेज शिक्षण अस्पतालमा ०६९ असार ७ र ८ मा नेपाल मेडिकल काउन्सिलको टोली अनुगमन गर्न पुग्यो । टोलीले अस्पतालमा ९ सय बेड भएको प्रतिवेदन बुझाउँदै १५० विद्यार्थी पढाउन अनुमति दिन सिफारिस गर्‍यो ।

मेलम्ची बेथितिमा मन्त्रालयको छानबिन

मेलम्ची खानेपानी आयोजनाले टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई थप रकम भुक्तानी दिएको विषयमा खानेपानी तथा सरसफाइ मन्त्रालयले छानबिन थालेको छ । सम्झौता अनुसारको काम सम्पन्न नहुँदै इटालियन कम्पनी कोअपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी (सिएमसी) लाई आयोजनाले अतिरिक्त रकम भुक्तानी दिएको सार्वजनिक भएपछि मन्त्रालयले सोमबार स्पष्टीकरण सोधेको छ ।

मेलम्ची खानेपानीमा बेथिति, २६ करोड अतिरिक्त भुक्तानी

उच्च सरकारी अधिकारीको मिलेमतोमा मेलम्ची खानेपानी आयोजनाको टनेल (सुरुङ) निर्माण सम्पन्न नहुँदै ठेकेदार कम्पनीलाई २६ करोड रुपैयाँ अतिरिक्त भुक्तानी दिएको छ ।

प्रोत्साहन भत्तामा बेथिति

सरकार आफैंले दिएको पोसाक लगाएर कार्यालय गएबापत निजामती कर्मचारीले ‘प्रोत्साहन भत्ता’ पाउने जुन व्यवस्था छ, त्यसले प्रोत्साहन भत्ताकै धज्जी उडाएको छ । सरकारले केही वर्षदेखि निजामती कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ ।

अन्तरिम क्षतिपूर्ति : अकल्पनीय बेथिति !

पीडितकेन्द्रित अनुसन्धान गरिएमा धेरैजसो अपराधका पीडितहरू निरक्षर, विपन्न र प्रायः ग्रामीणमुखी भेटिनेछन् । पीडितको अभिलेखीकरण गर्ने कानुनी व्यवस्था नभएसम्म यसरी पीडितलाई पुनःपीडित बनाइने ‘पुनःर्मुसिकोभवः’को अवस्था रहिरहनेछ ।

पुँजीगत लाभकरमा झनै बेथिति

सरकारले अनलाइनमार्फत घरजग्गा किनबेचको कारोबार निगरानी गर्न थालेपछि रजिस्ट्रेसन शुल्कमा भन्दा पुँजीगत लाभकरमा झनै् बढी राजस्व छलेको देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्