६ आश्विन २०८१ आइतबार
image/svg+xml

सिञ्जामा भालु आतङ्क

जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन्। बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन्। गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न गरेकाे वडा नं ६ भाडगाउँका जयलाल रावतले बताए।

किसानको साढे ६४ करोड अलपत्र

स्थानीय तीन उखु उद्योगले गरिब किसानको उखु खरिद गरेबापतको ६४ करोड रुपैयाँ भुक्तानी दिएका छैनन्। यस क्षेत्रका वागमती, इन्दिरा र सुनवल चिनी मिलले किसानबाट उखु किनेको लामो समय भएको छ। तर त्यसबापतको भुक्तानी अझै दिएका छैनन््।

बिमा नहुँदा चौरी पालक किसान मर्कामा

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रुविभ्याली गाउँपालिकाका किसानहरु चौरीपालन व्यवसायमा आत्मनिर्भर छन्। चौरी पालेर पुस्तौदेखिको व्यवसाय धान्दै आइरहेका किसानहरु चौरीको बिमा नहुदाँ भने समस्यामा परेका छन्।

सोलारले लेकाली गोठ झलमल्ल

चरिचरण खोज्दै चौरी, याक र गाइ लिएर उच्च हिमाली क्षेत्रका खर्क र गोठ पुग्ने किसानका लागि हेलम्बु गाउँपालिकाले सोलार प्यालन वितरण गरेको छ । गाउँपालिका क्षेत्रभित्रका चौरीपालक किसानका १८ गोठ र खर्कका लागि बत्तीका साथै मोबाइलसमेत चार्ज गर्ने सुविधा भएको सोलार प्यालन वितरण गरिएको हो ।

धामीको भरमा चौपायाको उपचार

पशुसेवाका प्राविधिकले गाउँ छाडेपछि तेह्रथुमका पशुपालक किसान चौपायाको उपचारमा धामीझाँक्रीको भर पर्न बाध्य छन्। जिल्लाका अधिकांश ग्रामीण क्षेत्रमा यतिबेला पशुसेवाका प्राविधिक छैनन्। उनीहरूको अनुपस्थितिमा किसानका चौपायाको उपचार धामीझाँक्रीको भरमा भइरहेको हो।

उखु किसानले अझै पाएनन् भुक्तानी

पश्चिम नवलपरासीका उखु किसानले चिनी उद्योगहरुलाई अघिल्लो वर्ष उधारोमा उखु दिएबापतको रकम अहिलेसम्म पनि पाउन सकेका छैनन्।

दूधको मूल्य बढाउन दबाब

बजारमा मागको आधार कच्चा दूध नपाएको डेरी व्यवसायीले गुनासो गरिरहेका बेला दूग्ध उत्पादक किसानले दूधको मूल्य बढाउन दबाब दिएका छन्। दूध उत्पादन बढाए लागत घट्ने र स्वतः नाफा हुने भए पनि किसान मूल्य बढाउनुपर्ने लबिङमा छन्।

वास्तविक किसानले सहयोग पाएनन्

पश्चिम रोल्पाका किसानलाई यतिबेला तरकारी बेच्न भ्याइनभ्याइ छ। राज्य पक्षको कुनै पनि सहयोग अनुदान बिना आफ्नो पौरखले तरकारी उत्पादन गरिरहेका उनीहरुलाई हाट बजारमा रहेको टहरो समेत अपुग भए पछि निरास बनेका हुन्।

मन्त्री यादवले सिडिओ र एसपीलाई भनेः मलाई पक्राउ गर्न तयार रहनू

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफूलाई पक्राउ गर्नका लागि तयार रहन सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (एसपी)लाई आग्रह गरेका छन्।

रासायनिक मल युरियाको अभाव

कञ्चनपुरका किसानलाई धानखेतीका लागि रासायनिक मल युरियाको चर्को अभाव भएको छ। अनुदानको मल नपाएपछि किसानले भारतबाट अवैधरूपमा भित्र्याइएको रासायिनक मल युरियाको प्रयोग गर्नु परेको छ।

गाउँमै तरकारी किन्न पुग्छन् एकाबिहानै व्यापारी

जुम्ला लिही गाँउका हर्कबहादुर रावत यो समयमा निकै व्यस्त छन्। उनी गाउँघरमा उत्पादित तरकारी खरिद गर्न लागेका हुन्। एकाबिहानै गाउँका किसानको बारीमै पुगेर तरकारी खरिद गर्नु र सदरमुकाम खलंगामा ल्याएर व्यापारीलाई बिक्रि गर्नु उनको दैनिकी जस्तै हो। यो समयमा जुम्लामै गोलभेडा, खुर्सानी, काउली, बन्दा, प्याज, लसुन, मुला र काक्रा तयार भइसकेको छ।

नहरको पानी पुनः नदीमै फालियो

रानी जमरा कुलरिया सिँचाइ आयोजनाले प्रारम्भिक परीक्षणका क्रममा नहरमा बगाएको पानी पुनः कर्णाली नदीमै फालेको छ।

कल नै आउँदैन ‘किसान कल सेन्टरमा’

किसानलाई विश्वविद्यालयसँग जोड्न कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले किसान कल सेन्टर स्थापना गरेको छ।

किसानलाई ४८ लाखको कृषि औजार वितरण

पूर्वी चितवनको खैरहनी नगरपालिकाले किसानलाई ४८ लाख रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको छ। कृषि कार्यमा किसानलाई सहयोग पु¥याउने उपकरण र औजार वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा रहेका कृषि सहकारी र कृषि समूहमार्फत किसानलाई सामग्री हस्तान्तरण गरिएको खैरहनी नगरपालिकाको कृषि शाखा प्रमुख श्रीकान्त घिमिरे बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्