५ आश्विन २०८१ शनिबार
image/svg+xml

धानको बाला नलागेपछि किसान चिन्तित

दाङको देउखुरी उपत्यकामा पर्ने मजगाउँ र टिकुलीगढ क्षेत्रका कृषकले रोपेको धान एक सय दिन बितिसकेपनि पसाउने छाँट नदेखाएपछि किसान आत्तिएका छन्। बाला लाग्ने समयमा धानको बोट फष्टाएको छ तर पसाउने सुरसार नै छैन।

खेतमै उम्रिन थाल्यो धान

आँगनमै दशै आइसक्यो, रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएका दशैं मनाउन घर फर्किन थालेका छन्। तर, आफूले रोपेर गएको धानबाली भने भिœयाउन नपाउने चिन्तामा छन् यहाँका स्थानीयहरु।

फलेन उन्नत जातको धान, किसान चिन्तित

नेपाल सरकारले पञ्जिकृत गरेको गरिमा जातको धान नफल्दा कैलाली, कञ्चनपुरका किसान चिन्तित छन्। मसिनो तथा बास्नादार र खानका लागि स्वादिलो हुने भन्दै किसानले गरिमा जातको धान रोपेका थिए। धान फलेर पाक्ने समय भइसक्दा पनि धानमा बाला नलाग्दा किसान भने चिन्तित बनेका हुन्।

किसानलाई बालीनाली जोगाउन हम्मे

किसानको एउटै सपना हुन्छ। बालीनाली सप्रियोस्। त्यहि बालीनालीलाई राम्ररी घर भित्र्याउन पाउँ। जसले वर्षभरी खान र लाउन पुगोस्। तर, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका किसानको हकमा त्यस विपरित छ।

प्रधानमन्त्रीले भनेः ​एक टुक्रो जमिन पनि बाँझो नराख्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले खेतीयोग्य एक टुक्रो जमीन पनि खाली नराखेर आधुनिक र व्यावसायिक उत्पादनका लागि किसान नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

नेमकिपाले तोक्यो प्रदेश संयोजक

सातौ महाधिवेशनपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) केन्द्रीय समितिको मंगलबार बसेको पहिलो बैठकले प्रदेश संयोजक तोकेको छ। पार्टीले सातवटा प्रदेशमा सात संयोजक तोकेको हो।

नेमकिपा अध्यक्षमा पुनः विजुक्छें

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अध्यक्षमा पुनः नारायणमान विजुक्छें सर्वसम्मत रुपमा अध्यक्षमा चुनिएका छन् । पार्टीको भक्तपुरमा सम्पन्न सातौं महाधिवेशनबाट विजुक्छेंको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ ।

भारतीय ‘गरिमा’ जातको धानमा बाला लागेन, पाँच हजार किसान मर्कामा

उन्नत जात भनेर विक्रि गरिएको ‘गरिमा’ जातको धानको विउमा बाला नलाग्दा ५ हजार नेपाली किसान मर्कामा परेका छन्। भारतबाट आयात गरिएको उक्त विउ नेपालमा १३ हजार ४ सय किलो बिक्री गरिएको थियो। उक्त धान प्रयोग गर्ने किसानहरु मर्कामा परेका हुन्।

नेमकिपाको महाधिवेशन आजदेखि

नेपाल मजदूर किसान पार्टीको महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ। पार्टीको महाधिवेशन तीन दिनसम्म चल्नेछ। महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुको साथै आगामी रणनीति, कार्यदिशा तय गर्नेछ।

सुइरोको प्रतिकिलोे १५ सय

हरियो चियापत्ती सामान्यतः दुई पात एक सुइरोको हुन्छ। तर, यही पत्तीको सबैभन्दा गुणस्तरीय मानिने सुइरोमात्रैको मूल्य चाहिँ उद्योगले हजारदेखि १५ सय रुपैयाँ प्रतिकिलोसम्म दिँदैछन्। यस्तो सुइरो टिपेको ज्यालामात्रै पनि प्रतिकिलो साढे पाँच सय रुपैयाँसम्म दिइन्छ।

किसानको ढुकुटीमा ज्ञान भण्डार : परिवारमा चारजना पिएचडी

सामान्यतः किसानका घरमा अन्नको भकारी हुन्छ। भक्तपुरका एक किसानले अन्न बेचेर सन्तानलाई पढाए। यतिबेला उनको घरमा ज्ञानको भण्डार छ। यस वर्षको शिक्षा दिवसमा भदौ २२ गते नेपाल विद्या भूषण ‘क’ बाट पुरस्कृतमध्ये चारजना भक्तपुर सल्लाघारीस्थित लक्ष्मीनारायण कोजू र कमलकेशरीका सन्तान हुन्।

पानीको माग गर्दै धानखेतमै किसानको नाराबाजी

नहरको छेउमै सुकेको धानखेतमा सिंचाइ डिभिजन कार्यालय बागमतीविरुद्ध रौतहटका किसानले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरेका छन्।

नेमकिपाको सातौं महाधिवेशनको असोजमा

नेपाल मजदुर किसान पार्टीको सातौ महाअधिवेशन असोज ३, ४ र ५ गते भक्तपुरमा हुने भएको छ। अधिवेशन भक्तपुरको सल्लाघारीस्थित १०८ रोपनी खुला जग्गामा हुने जनाइएको छ।

अनुसन्धानको कामलाई अघि बढाउन परिषदलाई कृषिमन्त्रीको निर्देशन

कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले किसानसँग जोडेर अनुसन्धानको कामलाई अघि बढाउन कृषि अनुसन्धान परिषदलाई निर्देशन दिएका छन्। मन्त्री खनालले जलवायु परिवर्तनले बिउविजन र कृषि क्षेत्रको समग्र उत्पादनमा पारेको असरको लेखाजोखा गरिदिन पनि कृषि विज्ञहरुलाई आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्