२१ आश्विन २०८१ सोमबार
image/svg+xml

विराटनगरमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई नगर परिक्रमा

राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मानगर्दै नगरपरिक्रमागरिएको छ। बुधबार विराटनगरमा राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई सम्मानगर्दै विराटनगर महानगर परिक्रमा गराइएको हो।

नेताहरु कति भ्रष्ट रहेछन् भन्ने कुरा नक्कली भूटानी शरणार्थी प्रकरणले देखायो: अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नक्कली भूटानी शरणार्थी प्रकरणमा जोडिएकालाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

शरणार्थी प्रकरण: तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको अनुरोध

भूटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यामसँग अनुरोध गरेको छ।

नेपाल ट्रेड युनियन काँग्रेस ताप्लेजुङको अध्यक्षमा कार्की

नेपाल ट्रेड युनियन काँग्रेस ताप्लेजुङको सातौं जिल्ला अधिबेशनले खगेन्द्रकुमार कार्की अध्यक्ष रहेको कार्य समिति सर्वसम्मत चयन गरेको छ।

अमेरिकन चेम्बर र युएस एड ट्रेडबीच सहकार्य

अमेरिकन चेम्बर अफ कमर्स नेपाल र युएस एड ट्रेड एण्ड कम्पिटिटिभनेस नेपालबीच व्यवसाय विस्तार गर्न सहजीकरणका लागि सहकार्य गर्ने सम्झौता भएको छ।

नेपालसँगको व्यापार अभिवृद्धिमा सहयोग गर्छौंः इयुका राजदूत

नेपालमा वैदेशिक लगानी भित्र्याउने तथा व्यापार अभिवृद्धि गर्ने प्रतिवद्धतासहित दुई दिने इयु नेपाल विजनेस फोरम राजधानीमा सम्पन्न भएको छ।

एनएसजेएफलाई अवार्ड

एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) ले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेए) लाई ‘एआइपिएस एसिया बेस्ट स्पोर्टस मिडिया एसोसिएसन अफ द इयर’ अवार्ड प्रदान गरेको छ।

उपत्यकाभित्रको अव्यवस्थित तार हटाउन थालियो

काठमाडौं महानगरपालिकाले उपत्यकाको सडक किनारामा रहेका पोलमा जथाभावि टाँगिएका तार हटाउन चेतावनी दिएसँगै सोमबारबाट व्यवस्थापन गर्न थालिएको छ।

मेयर साम्पाङलाई प्रेसविरोधी अभिव्यक्ति फिर्ता लिन ध्यानाकर्षण

नेपाल पत्रकार महासंघ सुनसरीले धरानका मेयर हर्क साम्पाङलाई आफ्नो प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी अभिव्यक्ति फिर्ता लिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाएको छ।

नक्कली शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न खट्टा कमाउनु हुँदैनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन्।

अर्थतन्त्रमा समस्या त छ,तर चिन्ताजनक अवस्था छैन :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन्।

गैरआवासीय नेपालीको अधिकार प्राप्तीमा कुनै बाधा छैन : रमेश लेखक

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीहरुलाई संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयनमा भइरहेको ढिलाई कारण राजनीतिक दलको कमजोरीको संज्ञा भएको बताएका छन।

भुटानी शरणर्थी बनाएर कमाउनेमाथि कारबाही गर्नुपर्नेमा जोड

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं नवनिर्वाचित सांसद उपेन्द्र यादवले नेपाली नागरिकलाई भुटानी शरणर्थी बनाएर कमाउने धन्दा गर्नेमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

महासंघ अध्यक्ष ढकाललाई बागलुङमा सम्मान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई गृह जिल्ला बागलुङमा आधा दर्जन बढी संघसंस्थाले सम्मान गरेका छन्।महासंघको अध्यक्ष भएपछि शनिबार गृह जिल्ला पुगेका ढकाललाई बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ नगरपालिका, परिवार नियोजन संघ, महिला हित संरक्षण, बागलुङ नगरपालिका वडा नं १२ अमलाचौरमा विभिन्न संस्थाले स्वागत तथा सम्मान गरेका हुन्।

पर्यटक बढे, व्यावसायिक गतिविधि बढेन

मुलुकमा आउने पर्यटक संख्यात्मक रूपमा वृद्धि भए पनि पर्यटकीय गतिविधि बढ्न नसक्दा पर्यटन व्यवसायी मर्कामा परेका छन्। कोभिडपछि देशमा भित्रिएका पर्यटकले सोचेअनुरूप खर्च नगर्दा व्यवसायीहरू मर्कामा परेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्