८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

महासंघ अध्यक्ष ढकाललाई बागलुङमा सम्मान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई गृह जिल्ला बागलुङमा आधा दर्जन बढी संघसंस्थाले सम्मान गरेका छन्।महासंघको अध्यक्ष भएपछि शनिबार गृह जिल्ला पुगेका ढकाललाई बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ नगरपालिका, परिवार नियोजन संघ, महिला हित संरक्षण, बागलुङ नगरपालिका वडा नं १२ अमलाचौरमा विभिन्न संस्थाले स्वागत तथा सम्मान गरेका हुन्।

सफल उद्यमी ढकाल बागलुङको अमलाचौरमा जन्मेका हुन्।सोही ठाउँको पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा प्रारम्भिक अध्ययन गरेका ढकालले उक्त विद्यालयमा ६ करोड रूपैयाँभन्दा बढी निजी खर्चमा विद्यालय भवनलगायतका संरचना निर्माण गरेका छन्।

सम्मान कार्यक्रममा ढकालले आफूलाई नेपाल उद्योग वाणिज्य महासंघजस्तो यो देशका समग्र उद्योगी व्यवसायीहरूको छाता संस्थाको अध्यक्ष बन्ने प्रेरणा दिने आफ्नो जन्मस्थलको माटोको भार कहिल्यै नबिर्सने बताए।उनले आफू विश्वको जुनसुकै कुनामा पुगे पनि सदैव अमलाचौरकै माटोको माया लाग्ने बताउँदै यो माटोका लागि आफूले आफ्नो जीवनमा सकेको कर्म गर्ने प्रण गरे।कार्यक्रममा ढकालले पृथ्वी हिरण्य माध्यमिक विद्यालय परिसरमा राखिएको स्वर्गीय पिता हिरण्यप्रसाद ढकालको सालिकमा माल्यार्पण गरे।विद्यालयको भौतिक संरचनामा अध्यक्ष ढकालले योगदान गरेसँगै विद्यालय परिसरमा समाजसेवी स्वर्गीय हिरण्यप्रसाद ढकालको सालिक राखिएको छ।

सफल उद्यमी ढकाल बागलुङको अमलाचौरमा जन्मेका हुन्।सोही ठाउँको पृथ्वी हिरण्य माध्यमिक विद्यालयमा प्रारम्भिक अध्ययन गरेका ढकालले उक्त विद्यालयमा ६ करोड रूपैयाँभन्दा बढी निजी खर्चमा विद्यालय भवनलगायतका संरचना निर्माण गरेका छन्।

बागलुङ उद्योग वाणिज्य संघको ५९ औं वार्षिक साधारणसभा तथा सम्मान कार्यक्रममा बोल्दै ढकालले सरकारको लक्ष्यअनुसार आर्थिक वृद्धिदर हुन नसक्ने स्थिति उद्योगी व्यवसायीहरूका लागि दुःखद भएको बताए।ढकालले आर्थिक संकटमा सरकार र नेपाल राष्ट्र बैंकलाई मात्र दोष दिएर उम्कन नमिल्ने धारणा राखे।

बागलुङ आफ्नो गृह जिल्ला पनि भएकाले बागलुङका व्यवसायीहरूले सम्भावित क्षेत्रमा आयोजनाहरू पहिचान गरेको खण्डमा त्यसमा पुँजी र प्रविधिको अभाव नहुने बताए।बागलुङको पर्यटन, कृषि र जलविद्युत्लगायतको क्षेत्रमा लगानीका लागि बागलुङ उद्योग वाणिज्य सघंका अध्यक्ष नरेश कँडेलले आग्रह गरे।

प्रकाशित: २४ वैशाख २०८० ०१:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App