६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

भुटानी शरणर्थी बनाएर कमाउनेमाथि कारबाही गर्नुपर्नेमा जोड

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष एवं नवनिर्वाचित सांसद उपेन्द्र यादवले नेपाली नागरिकलाई भुटानी शरणर्थी बनाएर कमाउने धन्दा गर्नेमाथि कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।

रफत सञ्चार क्लबमा शनिबार आयोजित संवाद कार्यक्रममा अध्यक्ष यादवले नेपाली नागरिकलाई विदेशी भुटानी बनाएर कमाउने प्रथा गर्ने गरेको र यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने धारणा व्यक्त गरे।

उनले मुलुकले अत्यन्तै आर्थिक संकट बेहारिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्ने सुझाव पनि दिए। अध्यक्ष यादवले सरकारले जनतालाई परिवर्तनको अनुभूति हुनेगरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए।

अध्यक्ष यादवले वर्तमान आर्थिक संकटको समाधानका लागि सरकारले आफ्नो आर्थिक नीतिमा परिवर्तन गरेर जानुपर्ने आवश्यकता औंल्याए। यादवले भने, ‘व्यापारीहरूले घरमा थुपारिराखेको भनिएको रकम बाहिर ल्याउन सरकारले अर्थ नीतिमा परिवर्तन गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नु पर्छ। साथै राजश्व अभिवृद्धि गर्न भन्सार नीतिमा पनि पुनरावलोकन गर्नुपर्छ।’

प्रकाशित: २४ वैशाख २०८० ०१:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App