२० आश्विन २०८१ आइतबार
image/svg+xml

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

धनकुटा-बन्चरे-ताम्लिङ तीव्र रूपमा निर्माण भइरहेको छ। कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण गरिंदै छ। सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ।

नारेश्वर-ताकुकोट सडक कालोपत्रे भएन

गोरखाको नारेश्वरदेखि ताकुकोटसम्मको १० किलोमिटर सडक निर्माण व्यवसायीले काम नगर्दा कालोपत्रे हुन सकेको छैन।

मेयर कार्कीलाई कुन्तीको जवाफः जनताका समस्या समाधान गर्न सक्नुहुन्न भने राजिनामा दिनुस्

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृकुन्ती पोखरेलले साँखु—थली सडक निर्माणको काममा स्थानीय जनप्रतिनिधिहरु जिम्मेवारीबाट पन्छिन नमिल्ने बताएकी छिन।

चारलेन सडकमा सांसदहरुको चासो: एक महिनामा थप ६ प्रतिशत काम गर्ने कागज

लामो समयदेखि निर्माण अलपत्र परेको घोराही तुलसीपुर चारलेन सडक निर्माण बारे नवनिर्वाचित सांसदहरुले चासो देखाएका छन्।

सडक निर्माणको काम अलपत्र पारेका ठेकेदारको स्काभेटर र ब्याक लोडर नियन्त्रणमा

नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ। नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाध्यक्ष नवराज राईले आइतबार स्काभेटर र ब्याक लोडरमा ताला लगाएका हुन्।

आयोजनाको दुःखद अवसान

एउटा आयोजना तत्कालीन मन्त्री रघुवीर महासेठका कारण धराशायी भएको फेला परेको छ। उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका बेला सूर्यविनायक–धुलिखेल सडक निर्माणमा जापानले ०.०१ प्रतिशत ब्याजमा निर्माणको प्रस्ताव आएको हो। यो रकम जापानलाई ४० वर्षमा फिर्ता गर्नुपर्ने हो। यति कम ब्याजदरमा प्राप्त हुने रकम अहिले सदुपयोग गरेर सडक निर्माण गर्न सकेको भए त्यसले भविष्यमा मुलुकलाई राम्रो पूर्वाधारमात्र होइन, आम्दानीसमेत दिन सम्भव हुने थियो।

पुल बन्ने भएपछि सर्लाही र रौतहटमा खुसी

सर्लाही र रौतहट जोड्ने हुलाकी राजमार्गको वाग्मती नदीमा पुल बन्ने भएपछि दुवै जिल्लाका स्थानीयबासी खुसी भएका छन्।

सडक निर्माण हुने भएपछि धर्ना स्थगित

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारको काम अघि बढ्ने भएको छ। सडक विस्तारको काम लामो समयसम्म पनि अगाडि बढ्न नसकेपछि स्थानीयवासी आन्दोलित बनेका थिए। सडक विस्तारको काम अगाडि बढ्ने भएपछि आजदेखि आह्वान गरेको धर्ना कार्यक्रम स्थगन गरिएको छ।

सडक निर्माणमा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण

बुटवलको राजमार्ग चौराह–गोलपार्क सडक निर्माणमा भइरहेको ढिलासुस्तीबारे नेकपा (एमाले) बुटवल उपमहानगर कमिटीले सरकारको ध्यानाकर्षण गराएको छ।

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

निर्माण कम्पनीले नाफा मात्रै चाहेको र स्थानीय सरकारले बेवास्ता गरेका कारण निर्माणाधीन सडकको पर्खालमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको भन्दै स्थानीयले आक्रोश पोखेका हुन्।

सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग

कैलालीको चुरे गाउँपालिका जोड्ने सहजपुर–अलाड सडक निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भइरहेको छ।

मेलम्ची–हेलम्बु सडक निर्माण अनिश्चित

मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माणअनिश्चित बनेको छ। गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ।

६ लेन सडकमा अव्यवहारिक जेब्रा क्रसिङ

पैदल यात्रुले सडक पार गर्न जेब्रा क्रसिङ भएर पारिपट्टिको सडक किनारमा पुग्दा फलामका रेलिङ (बार) नाघ्नु पर्ने बाध्यता रहेको छ।

धनगढी–अत्तरिया ६ लेन सडक निर्माण

मोहना पुलदेखि अत्तरियासम्मको १४ दशमलव २ किलोमिटर सडकखण्डको निर्माण अन्तिम चरणमा पुग्नै लाग्दा यात्रा सहज भएको छ। ‘अब अत्तरिया टाढा रहेन,’ स्थानीय विनय खड्काले भने, ‘धनगढीबाट अत्तरिया १५ मिनेटमै पुग्न सकिने भएको छ।’ पहिले धनगढी–अत्तरिया ‘सिंगल लेन’ हुँदा सडक जाम हुने गरेको बताउँदै उनले भने, ‘अहिले त एकैपटक धनगढीदेखि सरर्र अत्तरिया पुगेको पत्तै हुँदैन।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्