२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धनकुटा-बन्चरे-ताम्लिङ सडक निर्माण तीव्र

धनकुटा-बन्चरे-ताम्लिङ तीव्र रूपमा निर्माण भइरहेको छ। कोसी प्रदेश सरकारको ५६ करोड रुपैयाँको लागतमा उक्त सडक निर्माण गरिंदै छ। सो सडकले धनकुटा र तेह्रथुमलाई जोड्ने छ।

धनकुटा नगरपालिकाको बिहीबारे हटियाबाट तेह्रथुम जिल्ला जोड्ने ३० किलोमिटर सडकमध्ये हाललाई छथर जोरपाटी गाउँपालिकासम्मको २३ किलोमिटरमा कालोपत्र समेत गर्न लागिएको छ। २०७७ साल असारमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको ठेक्का पाएको भिमेश्वर शर्मा जेभी काठमाडौंलाई एक वर्षको म्याद थप गरिएको छ।

पूर्वाधार विकास कार्यालय, भोजपुर अन्तर्गतको उक्त सडकको झण्डै ७० प्रतिशत काम सकिएको फिल्ड कार्यालयका सव-इन्जिनियर बद्री ढुंगानाले बताए।

‘कालोपत्र बाहेकको काम सकिने चरणमा छ’, उनले भने, ‘थपेको समय सीमाभित्र काम पूरा हुन्छ।’

हाललाई छथर जोरपाटी गाउँपालिका–४ ताम्लिङसम्म कालोपत्र गरिने उक्त सडक तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारे बजारसम्म जोड्ने योजना छ। सडक निर्माणपछि तेह्रथुम र धनकुटाको दक्षिणी भूभागका नागरिकलाई सहज हुनेछ। रासस

प्रकाशित: २४ फाल्गुन २०७९ ०५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App