६ आश्विन २०८१ आइतबार
image/svg+xml

ईर्खु मावि र वडा–६ लाई उपाधि

ईर्खु स्पोर्टस क्बलद्धारा आयोजित प्रथम नेपाल हिल्फे कप जिल्ला स्तरीय खुला छात्रा भलिबल प्रतियोगिताको उपाधि ईर्खु माविले जितेको छ।

मैत्रीपूर्ण क्रिकेटको उपाधि एमएसलाई

सुर्खेतमा जारी मैत्रीपूर्ण क्रिकेटको उपाधि एमएस क्रिकेट एकेडेमी सुर्खेतले जितेको छ। दाङको महाभद्रकाली क्रिकेट क्लबलाई ५१ रनले पछि पार्दै आयोजक एमएस एकेडेमी विजयी भएको हो।

खामाखाकालाई दोस्रो उपाधि

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित होलेसुङ–जनकराज राई मार्ग गोल्डकपअन्तर्गत चौथो संस्करणको उपाधि खामाखा खार्चुङ समाज दुर्छिमले जितेको छ। शुक्रबार हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बोहेम्मास्थित कृष्णराम–मोतीप्रसाद राई खेलमैदानमा भएको फाइनलमा खारम्बु स्पोटर््स क्लब खार्मीलाई २–१ ले पछि पार्दै खामाखा खार्चुङ समाजले पहिलो उपाधि हात पारेको हो।

टासी दोङलाई उपाधि

टासी दोङले शनिबार काउन्ट ब्याकमा रवीन्द्र तिवारीलाई पछि पार्दै गोल्डेन बल जितेका छन्। शनिबार गोकर्ण गल्फ कोर्समा दोङ र तिवारीले समान ३९ अंक जोडेका थिए। दुवै खेलाडीले फ्रन्टमा २३ र ब्याक नाइनमा १६ स्कोर गरेका थिए। दोङ र तिवारी अन्तिम सिक्स होलमा १२ अंकको बराबरीमा पुगेका थिए। अन्तिम ३ मा दोङले ७ स्कोर गर्दा तिवारीले ४ स्कोर मात्र गर्न सके।

होलेसुङ–जनकराज मार्ग गोल्डकपको उपाधि खामाखालाई

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित होलेसुङ–जनकराज राई मार्ग गोल्डकपको चौथो संस्करणको उपाधि खामाखा खार्चुङ समाज दुर्छिमले जितेको छ।

तिलोत्तमा प्रिमियर लिग : रेन्बो ज्ञानोदयलाई उपाधि

रुपन्देहीमा जारी सर्वोत्तम प्रिमियर लिगको उपाधि रेन्बो ज्ञानोदय गोल्डस्ले जिेतेको छ। बिहीबार सम्पन्न फाइनल खेलमा मणिग्रामकिंगसलाई ८ विकेटले पराजित गर्दै ज्ञानोदयले उपाधि चुमेको हो। उपाधिसँगै ज्ञानोदयले नगद ४ लाखसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

श्रीलंकालाई उपाधि

पहिलो संस्करणको दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ। लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंकाले उपाधि जितेको हो।

व्याकुल माइला गोल्ड कपको उपाधि आयोजक टिमलाई

ओखलढुंगामा सम्पन्न व्याकुल माइला गोल्ड कपको ८ औं संस्करणको उपाधी आयोजक टिम नयाँ नेपाल सरोकार समाजले जितेको छ।

थाई नरेशले खोसे आफ्नै ‘पत्नी’को शाही उपाधि

थाइल्यान्डका नरेश (राजा) महा वाचिरालंकनले आफ्नी एक ‘पत्नी’को शाही उपाधि खोसेका छन्। उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन्।

कोकोलाई पहिलो डब्लुटिए उपाधि

युवा स्टार कोको गउफले डब्लुटिएको पहिलो उपाधि जितेपछि रोजर फेडेररले उनीप्रति दिएको ज्ञानी प्रतिक्रियाको स्वागत गरेकी छन्।

पूर्णमानलाई उपाधि

पूर्णमान शाक्यले शनिबार सूर्य नेपाल गोकर्ण गल्फको सातौं चरणको उपाधि जितेका छन्। १५ ह्यान्डिक्यापका साथ खेलेका पूर्णमानले गोकर्ण गल्फ कोर्समा शनिबार सात अन्डर ६५ को नेट स्कोर गर्दै उपाधि आफ्नो बनाएका हुन्।

ओस्लो ब्रर्दरहुड दसैं कपको उपाधि नर्वे एनआरएनलाई

नर्वेमा बसोबास गर्ने नेपालीहरुबीच भातृत्व कायम गर्न नेपाली महान चार्ड विजय दशमीको अवसरमा पारेर नर्वेको राजधानी ओस्लोमा भएको ओस्लो ब्रर्दरहुड दसैं कप फुटबलको उपाधि एनआरएन नर्वेले हात पारेको छ।

भारतलाई साफ यु–१८ उपाधि

खुसीयाली मनाउने क्रममा पहेंलो कार्ड महँगो साबित हुँदाको दिन आइतबार भारतसँग २–१ ले स्तब्ध हुँदा बंगलादेश नेपालमा सम्पन्न साफ यु–१८ च्याम्पियनसिपमा लगातार दोस्रो पटक उपविजेता बनेको छ।

साफ यु १८ को उपाधि भारतलाई

नेपालमा सम्पन्न साफ अन्डर–१८ को उपाधि भारतले जितेको छ। काठमाडाैंको हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै सो उपाधि हात पारेको हो।

दुवै टोलीलाई इतिहास रच्ने मौका

तेस्रो संस्करणको साफ यु–१८ च्याम्पियनसिप उपाधिका लागि आइतबार भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दै छन्। हलचोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुने उपाधि भिडन्त दुवै टोलीलाई इतिहास रच्ने मौका हुनेछ। यसअघि सम्पन्न दुई संस्करणमा विजेता बनेको नेपाल समूहचरणबाटै बाहिरिँदा आइतबार हुने फाइनल भिडन्तमा नयाँ च्याम्पियन हुने पक्का भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्