७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

टासी दोङलाई उपाधि

काठमाडौं – टासी दोङले शनिबार काउन्ट ब्याकमा रवीन्द्र तिवारीलाई पछि पार्दै गोल्डेन बल जितेका छन्। शनिबार गोकर्ण गल्फ कोर्समा दोङ र तिवारीले समान ३९ अंक जोडेका थिए। दुवै खेलाडीले फ्रन्टमा २३ र ब्याक नाइनमा १६ स्कोर गरेका थिए। दोङ र तिवारी अन्तिम सिक्स होलमा १२ अंकको बराबरीमा पुगेका थिए। अन्तिम ३ मा दोङले ७ स्कोर गर्दा तिवारीले ४ स्कोर मात्र गर्न सके।

३४ ग्रस प्वाइन्टका साथ सुरेन्द्र फुँयालले बेस्ट ग्रसको उपाधि जित्दा करिस्मा शाहले ३४ अंकका साथ महिलातर्फको उपाधि जितिन्। सिनियरतर्फ ३८ अंकका साथ महेशविक्रम कार्की विजेता बन्दा ३१ अंक बटुलेका श्रीयोग बस्न्यातले जुनियरतर्फको उपाधि जिते। यता विजय श्रेष्ठले लङ्गेस्ट ड्राइभ, स्टेफियानी मेन्डी वेईले क्लोजेस्ट टु दी प्वाइन्ट र दोङले ५ बर्डिजका साथ मोस्ट लब बर्डिजको उपाधि जिते।

२५ खेलाडीले ४ हजार २ सय ५० मिटरमा रहेको कोङदे रीमा खेल्दै सर्वाधिक उचाइमा गल्फ खेल्ने विश्वकीर्तिमान राखेका थिए। एभरेस्ट रिजनमा सहभागी खेलाडीले शनिबार १७ होल मात्र खेलेका थिए भने अन्य खेलाडीले १८ होलमा स्टेबल फम्र्याट ३ बाई ४ ह्यान्डीक्यापमा प्रतिस्पर्धा गरेका थिए। यद्यपि स्कोरिङ भने १७ होलको मात्र गरिएको थियो। प्रतियोगितामा कुल ८४ खेलाडीको सहभागिता रहेको थियो। बाह«खरी मिडियाले पर्यटन वर्ष २०२० को प्रवद्र्धनका लागि एनसेल, नेपाल टुरिजम बोर्डलगायतको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो। विजेता खेलाडीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पुरस्कार वितरण गरेका थिए।

 

 

 

 

प्रकाशित: १० कार्तिक २०७६ ०४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App