७ आश्विन २०८१ सोमबार
image/svg+xml

रोयल दार्जिलिङलाई उपाधि

भरतपुरमा सम्पन्न प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण चितवन भेट्रान कप फुटबल प्रतियोगिताको उपाधि रोयल भेट्रान दार्जिलिङले जितेको छ। फाइनल प्रतिस्पर्धामा मंगलबार झापा भेट्रानलाई पछि पार्दै रोयल दार्जिलिङले उपाधि जितेको हो। प्रतियोगितामा निर्धारित समयमा खेल बराबरी भएको थियो । खेलको २० मिनेटमा झापाका खेलाडीले आत्मघाती गोल गर्दा दार्जिलिङले अग्रता लिएको थियो।

जुम्ला रारा म्याराथनः धीरबहादुर र राममायालाई उपाधि

कर्णाली खेलकुद क्लब जुम्लाको आयोजनामा भएको जुम्ला रारा म्याराथनमा पुरुषतर्फ जुम्लाका धिरबहादुर बुढा र महिलातर्फ राममाया बुढा प्रथम भएका छन्। धिरबहादुर बुढाले ५ घण्टा १३ मिनेट ३९ सेकेण्डमा ४९ किलोमिटर दुरी पार गरेर प्रथम भए। राममाया बुढाले ६ घण्टा ४६ मिनेट ३५ सेकेण्ड लगाएर प्रथम भएकी हुन्।

मणिविक्रम शाह स्मृति फुटसल

लिटिल एन्जल्स (एलए) स्कुलले मणिविक्रम शाह स्मृति अन्तरविद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ।आइतबार भएको फाइनल खेलमा एलएले माउन्ट ग्लोरी स्कुललाई ४–२ गोलअन्तरले हराउँदै पहिलो संस्करणको च्याम्पियन ट्रफी उचालेको हो।

श्रीगणेशलाई बिबिबिएचएस फुटबल उपाधि

श्रीगणेश स्कुलले प्रथम बिबिबिएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा पञ्चकन्या स्कुललाई १–० गोलअन्तरले हराउँदै श्रीगणेश च्याम्पियन बन्यो। उपाधि विजेता टोलीका लागि निर्णायक गोल सुजन तामाङले गरेका थिए। तेस्रो स्थानका लागि भएको खेलमा सेन्ट जेभियरले टिआइएलाई टाइब्रेकरमा ५–४ गोलले हरायो।

हरिलाई खुला दौडको उपाधि

आर्मीका हरि रिमालले शनिबार टिभिएस खुला दौड प्रतियोगिताको उपाधि जितेका छन्। आर्मीको वर्चस्व रहेको दौडमा उपाधिविजेता रिमालले २६ मिनेट २९.८१ सेकन्डमा दूरी पार गरेका थिए। विजेता रिमालले ५० हजार रुपैयाँ प्राप्त गरे।

नवौं पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता, आर्मीका रत्नजितलाई उपाधि

त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङले योनेक्स सनराइज नवौं पुष्पलाल स्मृति ¥याङकिङ राष्ट्रिय ब्याडमिन्टनको उपाधि जितेका छन्।

नाडाललाई चौथो पटक उपाधि

फेडेरर, जिमी कोनर्स र पिट साम्प्रासले पाँच पटक युएस ओपनको उपाधि जितेका छन्। एक उपाधि कम जितेका नाडाल त्यो रेकर्डलाई पनि पछ्याउने अभियानमा छन्।

न्यु समिट उपाधिनजिक

आयोजक न्यु समिट र बर्नहार्ट कलेज दोस्रो टियु बिएससी सिएसआइटी अन्तरकलेज बास्केटबल प्रतियोगिताको पुरुषतर्पm उपाधिनजिक पुगेका छन्।

उपाधि लक्ष्यका साथ महिला टोली किर्गिस्तानतर्फ

नेपाललाई उपाधि दिलाउने लक्ष्य राखेर नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान हरि खड्काले नेपाली महिला टोलीलाई अभ्यास गराइररहेका छन्। मुख्यत नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) लाई मध्यनजर राख्दै तयारी गरिरहेको छ।

पुलिसलाई राष्ट्रिय महिला भलिबलको उपाधि

विभागीय टोली नेपाल पुलिस क्लबले सोमबार पोखरामा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ। नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा लामाचौरस्थित ईन्द्र राज्यलक्ष्मी माविमा सोमबार सम्पन्न फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा हराउँदै पुलिसले दोस्रोपटक यस प्रतियोगिताको उपाधि जितेको हो।

साफ च्याम्पियनसिपः उपाधिका लागि नेपाल र भारत भिड्ने

भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिपको फाइनलमा आइतबार नेपाल र भारत भिड्ने भएका छन्।

सेरेना र सारापोभाबीच रोचक भिडन्त

सातौं पटक युएस ओपन उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने सेरेना विलियम्सले मंगलबार पहिलो चरणमा चिरपरिचित प्रतिद्वन्द्वी मारिया सारोपोभाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएकी छन्।

किर्गिस्तानलाई सेन्ट्रल जोन भलिबल उपाधि

उज्बेकिस्तानको अपराजित यात्रालाई पूर्णविराम लगाउँदै किर्गिस्तानले नेपालमा सम्पन्न पाँचौं संस्करणको एभिसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

युलेन्स, एन्जल्स हर्ट र निम्सलाई उपाधि

युलेन्स, एन्जल्स हर्ट र निम्सले बुधबार पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। युलेन्स सिनियर ब्वाइज, एन्जल्स हर्ट जुनियर ब्वाइज र निम्स सिनियर गल्र्समा च्याम्पियन बने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्