७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

श्रीगणेशलाई बिबिबिएचएस फुटबल उपाधि

काठमाडौं – श्रीगणेश स्कुलले प्रथम बिबिबिएचएस अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा पञ्चकन्या स्कुललाई १–० गोलअन्तरले हराउँदै श्रीगणेश च्याम्पियन बन्यो। उपाधि विजेता टोलीका लागि निर्णायक गोल सुजन तामाङले गरेका थिए। तेस्रो स्थानका लागि भएको खेलमा सेन्ट जेभियरले टिआइएलाई टाइब्रेकरमा ५–४ गोलले हरायो।

प्रतियोगितामा सेन्ट जेभियरका प्रीतम लामाले सर्वोकृष्ट खेलाडीको ट्रफी जिते। उपाधि विजेता श्रीगणेश स्कुलका सञ्जीव तामाङ चार खेलबाट ७ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए। पञ्चकन्याका अनिल गुरुङ बेस्ट गोलकिपर चुनिए। विजेता टोलीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कृत गरेका थिए। बाल विकास बोर्डिङ मावि (बिबिबिएचएस) को आयोजनामा सञ्चालन भएको प्रतियोगितामा २४ छात्र टोलीको सहभागिताको थियो।

प्रकाशित: ३० भाद्र २०७६ ०२:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App