७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

पूर्णमानलाई उपाधि

काठमाडौं – पूर्णमान शाक्यले शनिबार सूर्य नेपाल गोकर्ण गल्फको सातौं चरणको उपाधि जितेका छन्। १५ ह्यान्डिक्यापका साथ खेलेका पूर्णमानले गोकर्ण गल्फ कोर्समा शनिबार सात अन्डर ६५ को नेट स्कोर गर्दै उपाधि आफ्नो बनाएका हुन्।

बाबु शेर्पा दोस्रो स्थानमा रहँदा एक अन्डर ७१ स्कोर गरेका थिए। इभन पार ७२ को स्कोरकार्ड बनाएका नरेश्वर गुरुङ तेस्रो स्थानमा रहे। प्रतियोगितामा टासी छिरिङले एक अन्डर ७१ को ग्रस स्कोर बनाउँदा ग्रसतर्पm उत्कृष्ट भए।

सूर्य नेपाल प्रालिको प्रायोजनामा सञ्चालित यस प्रतियोगिताको सातौं चरणको प्रतिस्पर्धामा कुल ३५ गल्फरले चुनौती प्रस्तुत गरेका थिए। विजेता खेलाडीलाई नेपाल गल्फ संघका उपाध्यक्ष पवित्रकुमार कार्कीले पुरस्कृत गरेका थिए। यस प्रतियोगिता स्ट्रोक प्ले फरम्याटमा सञ्चालन भएको हो।  

क्लब च्याम्पियनसिपका लागि यो प्रतियोगिता आगामी डिसेम्बरसम्म  १० चरणमा हुनेछ। प्रत्येक चरणका नेटतर्पm १०, ग्रसमा ५ र जुनियरमा ५ गल्फरलाई अंक प्रदान गरिनेछ। एक चरणमा नेटतर्पm पहिलो हुनेले १ सय अंक, दोस्रोले ६० अंक, तेस्रोले ४० अंक र चौथोले ३५ अंक, पाँचौंले ३० अंक र छैटौंदेखि दशौं हुनेले क्रमशः २५, २०, १५, १० र ५ अंक प्राप्त गर्नेछन्।

एक चरणको ग्रस र जुनियरका शीर्ष पाँचले भने क्रमशः १०० अंक, ६०, ४०, ३५ र ३० अंक प्राप्त गर्नेछन्। १० चरणको खेल समाप्तिपछि  नेटतर्फ शीर्ष ४०, ग्रसका शीर्ष १० र जुनियरका शीर्ष पाँच स्थान रहेर छनोट टुंग्याउने गल्फरले क्लब च्याम्पियनसिपमा खेल्न पाउनेछन्। फाइनल चरणको क्लब च्याम्पियनसिप भने सन् २०२० को जनवरी र फेब्रुअरीमा गरी दुई चरणमा हुनेछ।

सातौं चरणको समाप्तिसम्म बाबु शेर्पाले १ सय ८५ स्कोरसहित अग्रता बनाउँदा प्रद्युम्न सिम्खडाले १ सय ७० अंक बनाउँदा पछ्याइरहेका छन्। दावा शेर्पा १ सय ६० अंकसहित तेस्रोमा र पूर्णमान शाक्य १ सय ३० अंकसहित चौथो स्थानमा छन्। विजय इनहास श्रेष्ठले पाँचौं स्थानमा अग्रता बनाउन १ सय २५ अंक जोडेका छन्।
ग्रसतर्पm टासी छिरिङले चार सय अंकसहित अग्रता बनाउँदा वाङचेन धोन्डुपले ३ सय ७० अंकसहित छिरिङलाई पछ्याइरहेका छन्। विजय इनहास श्रेष्ठ २ सय २० अंकका साथ तेस्रो र टासी दोङ (१ सय ९५ अंक) चौथो स्थानमा छन्।
जुनियरतर्पm शीर्षता कायमै राखेका सद्भाव आचार्यले ३ सय अंकको अग्रता बनाउँदा ५ सय अंक बटुले। दोस्रो स्थानका आङफुर्बा शेर्पाले २ सय अंक र तेस्रो स्थानका मायांक दाहालले १ सय ६० अंक जोडे। शाश्वत प्रधानले १ सय २० अंक र श्रीयोग बस्न्यातले ४० अंकका साथ क्रमशः चौथो र पाँचौं स्थानको लागि अग्रता बनाएका छन्।

१५ ह्यान्डिक्यापका साथ खेलेका पूर्णमानले गोकर्ण गल्फ कोर्समा शनिबार सात अन्डर ६५ को नेट स्कोर गर्दै उपाधि आफ्नो बनाएका हुन्।

 

 

 

प्रकाशित: २६ आश्विन २०७६ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App