७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

खामाखाकालाई दोस्रो उपाधि

खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित होलेसुङ–जनकराज राई मार्ग गोल्डकपअन्तर्गत चौथो संस्करणको उपाधि खामाखा खार्चुङ समाज दुर्छिमले जितेको छ। शुक्रबार हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको बोहेम्मास्थित कृष्णराम–मोतीप्रसाद राई खेलमैदानमा भएको फाइनलमा खारम्बु स्पोटर््स क्लब खार्मीलाई २–१ ले पछि पार्दै खामाखा खार्चुङ समाजले पहिलो उपाधि हात पारेको हो।

केही मिनेट समय बाँकी रहँदा भएको विवादका क्रममा खारम्बुले खेल बहिष्कार गर्दै मैदान छाडेपछि निर्णायकले खामाखा खार्चुङ समाजलाई विजेता घोषणा गरेको थियो। खामाखा खार्चुङ समाजले लगातार दोस्रो  योे उपाधि चुमेको हो। खेल बहिस्कार गरेका कारण खारम्बु स्पोर्ट्स क्लब उपविजेताको पुरस्कारबाट समेत वञ्चित भएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद १ लाख र रनिङ कप तथा दोस्रो हुने टोलीलाई ५० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिताका सेमीफाइनलिस्ट टोलीले नगद २०÷२० हजार प्राप्त गरेका छन्। यस्तै, प्रतियोगिताका उत्कृष्ट किपर खामाखा खार्चुङ समाजका विष्णु केसी, उत्कृष्ट डिफेन्डर हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका अनिल तामाङ, उत्कृष्ट मिडफिल्डर महादेवस्थानकै गणेश बुढाथोकी र सर्वाधिक गोलकर्ता महादेवस्थानकै कर्फु रसाईलीलाई जनही ५ हजार राशिको ‘अमृता–अदिलसेर राई मुइमालाम बेस्ट अवार्ड’  का साथमा मेडल र प्रमाणपत्र पाए। १० हजार राशिको अनुशासित पुरस्कार पनि हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानले हात पारेको छ। विजेतालाई प्रतिनिधिसभा सांसद विशाल भट्टराईले पुरस्कार प्रदान गरेका छन्।

प्रकाशित: १० कार्तिक २०७६ ०४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App