१९ असार २०८१ बुधबार
image/svg+xml

कपिलवस्तुमा बसको ठक्करबाट १० गाई गोरु मरे

कपिलवस्तुमा गएराति बसको ठक्करबाट १० गाई, गोरु मरेका छन्। जिल्लाको वाणगङ्गा नगरपालिका र बुद्धभूमि नगरपालिकाको सिमा क्षेत्रमा पर्ने खारखानीमा बसको ठक्करबाट उक्त सङ्ख्यामा गाई गोरु मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मुस्लिम र हिन्दु समुदायले सँगै मनाए मुहर्रम

कपिलवस्तुमा सद्भावको पर्व मुर्हरम मुस्लिम र हिन्दु समुदायले धूमधामसँग सँगै मनाएका छन्।

भारतबाट मजदुर ल्याएर कपिलवस्तुमा गरियाे रोपाई

पम्पसेटले पानी नहर कुलो पोखरीबाट पानी तानेर धान रोप्नका लागि कृषकहरुले खेतमा जोताई गरेर ठिक्क पारेका छन्। धान रोपाईका लागि ब्याडमा बीउ तयार छ। खेत जोतेर रोपाईको प्रतिक्षामा रहेका कृषकहरु रोपाईका लागि मजदुर नपाएर हैरान छन्।

कपिलवस्तुमा विकराल बन्दै आत्महत्या :४ वर्षमा ५९७ जनाले गरे आत्महत्या

कपिलवस्तुमा आत्महत्याको घटनाले विकराल रुप लिँदै गएको छ। दिनहुँ जसो अहिले आत्महत्याको घटना हुने गरेकोले यो जिल्ला विकराल बनेको हो।

कपिलवस्तुमा धान रोप्न पम्पसेट कै भर

पानी नपर्दा कपिलवस्तुका कृषक पम्पसेट कै भरमा धान रोप्ने गरेका छन्। असार सकिन लाग्दा समेत अहिलेसम्म जिल्लामा पर्याप्त बर्षा नहुँदा उनीहरु पम्पसेट कै भरमा सिचाई गरेर धान रोप्न बाध्य भएका हुन्।

कपिलवस्तुमा धान बाली पकेट कार्यक्रम

धान खेतीको उत्पादन बढाउन नगरपालिकाले कृषक समूहमा आबद्ध कृषकलाई ५०% अनुदानमा ती सामग्रीहरू दिइएको हो।

उपमेयरकाे श्रीमानलाई कारबाहीको माग गर्दै कर्मचारीले बुझाए प्रजिअलाई ज्ञापन पत्र

कपिलवस्तु नगरपालिकाकी उपमेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्तालाई कारबाहीको माग गर्दै कर्मचारीहरुले प्रशासन कार्यालमा ज्ञापन पत्र बुझाएका छन्।

यौनिक अल्पसंख्यकको संस्थालाई अटो रिक्सा

कपिलवस्तुमा यौनिक अल्पसंख्यकको संस्था नवजीवन संस्थालाई अटो ( टेम्पु) रिक्सा प्रदान गरिएको छ।

अतिक्रमण हटाउने कार्यमा अवरोध गरेकाे भन्दै वडाध्यक्ष नियन्त्रणमा

मायादेबी साझेदारी वनको अतिक्रमण हटाउने कार्य गत असार ६गते देखि जारी छ। अतिक्रमण हटाउने कार्यलाई अवरोध खडा गरे पछि वडा नम्बर १० का अध्यक्ष अध्यक्ष यमप्रसाद पोख्रेललाई शुक्रवार वन कर्मचारीहरुले नियन्त्रणमा लिएका हुन्।

उपमेयरको श्रीमानले दुर्व्यवहार गरेको भन्दै कर्मचारीहरु आन्दोलनमा

उपमेयर सुनिता गुप्ताका श्रीमान संजय भन्ने धिरज गुप्ताले प्रमुख प्रशाकीय अधिकृत सहितका कर्मचारीहरुलाई गाली गलौच गरी दुर्व्यवहार समेत गरेको भन्दै उनीहरु विरोधमा उत्रेका हुन्।

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक

साक्षर लुम्बिनी प्रदेश घोषणा गर्न कपिलवस्तु बाधक बनेको छ । लुम्बिनी प्रदेशमा रहेका १२ जिल्ला मध्ये ११ जिल्ला साक्षर जिल्ला घोषणा भई सकेको छ । तर अहिले सम्म कपिलवस्तु भने साक्षर जिल्ला घोषणा हुन सकेको छैन ।

तौलिहवाको कृषि बैंकबाट महिता जाने बाटो निर्माण फेरि रोकियाे

कपिलवस्तुको तौलिहवाको कृषि बैंकदेखि महितासम्मको बाटो निर्माण कार्य अलपत्र अवस्थामा रहेको छ।

कपिलवस्तुमा अब देखि राहादानीको सेवा बिहान ७ बजे देखि

राहदानी फारम भर्ने सेवालाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रवार देखि बिहान ७ बजे देखि सो सेवा सुरु गरेको छ । राहदानी फारम भर्नेको संख्या बढदै गए पछि अब देखि २ सिफ्टमा राहदानी फारम भर्ने सेवा प्रारम्भ गरिएको हो ।

सुठौली भन्सारमा ३६ प्रतिशत मात्र राजस्व असुली

कपिलवस्तुका यशोधरा गाउँपालिका स्थित सुठौली भन्सारमा चालु आर्थिक वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३६ प्रतिशत मात्र राजस्व असुली भएको छ। भन्सारमा चालु आर्थिक वर्ष २०७८/०८० को साउन महिना देखि चैत महिना सम्म ७५ करोड १० लाख २५ हजार मात्र राजस्व संकलन भएको हो। भन्सारमा नौ महिनाका लागि १ अर्ब ५६ करोड ४४ लाख १० हजार लक्ष्य दिइएको थियो। जुन नौ महिनाको लक्ष्यको ४८ प्रतिशत मात्र हो।

सकियो शिशु बुद्धसहितको लुम्बिनी प्राचीन कपिलवस्तु रथ यात्रा

प्राचीन कपिलवस्तुको तिलौराकोटमा २५६७ बुद्ध जयन्ती तथा प्रसूति उत्सव मनाइएको छ। सो क्रममा प्राचीन घटनाको झझल्को दिने गरी शनिबार शिशु बुद्धसहित लुम्बिनीबाट प्राचीन कपिलवस्तुको तिलौराकोट यात्रा निकालिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्