२१ असार २०८१ शुक्रबार
image/svg+xml

कपिलवस्तु नगरपालिकाबासीलाई अब निःशुल्क रगत उपलब्ध हुने

कपिलवस्तु नगरपालिकाबासीले अब देखि रुपन्देहीबाट समेत निःशुल्क रुपमा रगत पाउने भएका छन । यस अघि तौलिहवा स्थित रेडक्रस कपिलवस्तु शाखाको रक्त संचारबाट कपिलवस्तु अस्पतालमा आएका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ।

कपिलवस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय

९६ अंकका साथ मुलुक मै उत्कृष्ठ बनेको कपिलस्तु अस्पताललाई सय बेडको बनाउने निर्णय गरिएको छ। गत बैशाख ८ गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषदको निर्णयले सो निर्णय गरेको हो।

कपिलवस्तुमा युवा व्यवसायी शर्माले खोले २५ करोड लागतको अत्याधुनिक चिस्यान केन्द्र

नेपाल मै पहिलो पटक कपिलवस्तुको बुद्धभुमी नगरपालिका– १० धन कौलीको जनकपुरमा अत्याधुनिक चिस्यान केन्द्र संचालन गरिएको छ। युवा व्यवसायी आशिष शर्माले एग्रीबस्तु नामक कृषि संस्था खोलेर २५ करोड बढी लागतमा सो केन्द्र संचालन गरेका हुन।

सार्वजनिक बिदाको दिन पनि जिल्ला प्रशासन कार्यालय कपिलस्तुद्धारा सेवा प्रदान

कपिलवस्तु जिल्लाका अन्य कार्यालयका कर्मचारीहरूले नयाँ वर्षको बिदा मनाईरहा प्रशासन कार्यालयका कर्मचारीहरू भने आफ्नो कार्यमा अन्य दिन जस्तै खटेका थिए।

लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल बन्दै

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ५ चन्द्रौटामा २१ करोड लागतको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको छ। ठेक्का लागेका १३ महिना पछि बुधवार देखि बिधिवत रुपमा अस्पताल भवनको निर्माण कार्य सुरु भएको हो। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले बिधिवत रुपमा पूजापाठ गरी जगमा इँटा राखेर भवन निर्माणको शिलान्यास गरेका हुन।

कपिलवस्तु अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा

कपिलवस्तुका अस्पतालका २ स्वास्थ्यकर्मी माथि यौन दुर्व्यवहारको मुद्दा दर्ता भएको छ। अस्पतालको फार्मेसी फाँटमा कार्यरत महिला कर्मचारीले फार्मेसीका इन्चार्ज महेश रानाभाट र अस्पतालका डाक्टर तथा सुचना अधिकारी गणेश क्षेत्री विरुद्ध मुद्दा दिएकी हुन।

विश्वसामु तिलौराकोट दरबार चिनाउन कार्यशाला

ओझेलमा परेको तिलौराकोटलाई चित्रकला र पेन्टिङमार्फत विश्वमै चिनाउन प्राचीन कपिलवस्तुमा तीन दिने राष्ट्रिय कला कार्यशाला र सांस्कृतिक प्रवर्द्धन कार्यक्रम गरिएको छ।

विकासको पर्खाइमा ‘सूर्य ओढार’

अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार। बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ।

सुरक्षा संबेदनशीलतालाई हेर्दै कपिलवस्तुको दोहनीमा अस्थाई प्रहरी पोष्ट

स्थानीयबासीको माग र जिल्ला सुरक्षा समितिको निर्णय अनुसार त्यहा पोष्ट खडा गरिएको हो। अस्थायी पोष्ट तत्कालका लागि वडा कार्यालय कै भवन भित्र खडा गरिएको हो।

१ सय ९५ जनाको निःशुल्क मोतिया बिन्दुको अप्रेसन

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ९ स्थित शान्ति नगरमा सञ्चालित २ दिने निः शुल्क आँखा शिविरमा १ सय ९५ जना मोतिया बिन्दुको अप्रेसन गरिएको छ।

कपिलवस्तुमा ६ लाख ४२ हजार जनतालाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइने

परजीवीबाट सङ्क्रमित लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगको उन्मुलनका लागि कपिलवस्तुमा यस रोग विरुद्धको औषधी फागुन ११ गते बाट खुवाइने भएको हो।

ओझेलमा कपिलवस्तु संग्रहालय

३ वर्ष अघि कपिलवस्तु संग्रहालय हाता भित्र नयाँ भवन निर्माण गरी संचालन समेत गरिएको छ। तर पनि प्रचारप्रसार र पुर्वाधार अभावले कपिलवस्तु संग्रहालय ओझलमा पदै आएको छ।

फोहाेर मासु बेच्ने तौलिहवाका २ मासु पसललाई कारबाही

तौलिहवाको हाट बजार चोकमा रहेको सद्दाम मासु पसल र पुरानो एक्का स्टेसन चोकमा रहेको अब्दुल कुखुरा मासु पसललाई जनही ३ हजारका दरले जरिबाना गरिएको हो।

कपिलवस्तुमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकको मृत्यु

कपिलवस्तुको बाणगंगा नगरपालिका वढा नम्बर ९ कपीलधाम स्थित माघी महोत्सव स्थलमा बेलुन फुलाउने ग्यास सिलिन्डर बिस्फोट हुदा एक जना बेलुन व्यापारीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्