२४ असार २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

१ सय ९५ जनाको निःशुल्क मोतिया बिन्दुको अप्रेसन

गुमेको आँखाको ज्योति पाउँदा बृद्धबृद्धाहरु दङ्ग

कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नम्बर ९ स्थित शान्ति नगरमा सञ्चालित  २ दिने निः शुल्क आँखा शिविरमा १ सय ९५ जना मोतिया बिन्दुको अप्रेसन गरिएको छ। शिविरमा १ हजार ३६५ जना निःशुल्क आँखाको जाँच गरिएको हो।

महराजगंज नगरपालिकाको आयोजना तथा छन्दकाले बाबु नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर गरिएको हो। शिविरमा महाराजगंज नगरपालिकाका वडा नम्बर ९ अन्य वडाबाट समेत गरिब र बिपन्नहरु समेत आएका थिए। निःशुल्क अप्रशेन पछि लाभग्राहीहरुले आफुहरुले नयाँ संसार देख्न पाएको भन्दै खुसी व्यक्त गरे। शिविरमा निःशुल्क मोतिया बिन्दुको अप्रशेनको सेवा पाए पछि स्थानीय ७२ वर्षीय हबीबुल्लाह मुसलमानले आफुले नयाँ जीवन पाए जस्तै भएको बताए। घर आँगन मै उपचार सेवा पाउँदा दङ्ग परको उनले  मर्ने उमेरमा पनि नयाँ संसार देख्न पाएको बताए। 

बर्षौ देखि मोतिया बिन्दु रोगबाट ग्रसित बनेकाले उनले राम्ररी आँखाले हेर्न सक्थेनन  उनलाई जीवनयापनमा समस्या हुँदै आएको थियो। विपन्न हबीबुल्लाहले आर्थिक अभावका कारण अन्धारमा बस्न बाध्य थिए। शिविरमा जाँच पछि एक दिन मै उनको अप्रेसन गरिएको थियो। अप्रेसन पछि उनले आँखा देख्न थालेका छन्। गुमेको आँखाको ज्योति फेरी पाए पछि उनी निकै हर्षित छन्। ‘ गुमेको आँखाको ज्योति पाएको छु, नयाँ जीवन पाए जस्तो लागेको छ ’ उनले भने। फेरी आँखा देख्न पाउँछु भन्ने आस मारेर बसेका उनले आँखा देख्न पाएकोमा आयोजकलाई धेरै धेरै धन्यावाद दिए ‘ बचेको जीवनमा आँखाले आफ्नो परिवार, समाज  हेरेर मर्न पाउने भए ’ उनले खुसीको आशु झार्दै भने। यस्तै शिविरमा आँखाको अप्रेसन ६८ वर्षीय कनैया नाउ आँखा देख्ने भए पछि फेरी नयाँ जीवन पाएको अनुभूति भएको बताए।

निःशुल्क अप्रेसन सहित चस्मा समेत पाएर दङ्ग परेका उनले आफूलाई निकै रमाइलो लागेको बताए। शिविरमा आएका ती दुई जस्तै नै बृद्धबृद्धा बिपन्नहरु नयाँ आँखाको ज्योति पाउँदा दङ्ग छन्। महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम खाले बृद्धबृद्धा र बिपन्नलाई लक्षित गरी नगरपालिका भित्रै सो सेवा दिएको बताए।  ‘ नगरबासीहरुलाई गरको प्रतिबद्धता अनुसार काम गरेका छु, ’ उनले भने। शिविरमा गुमेको आँखाको ज्योति फेरी पाएर खुसी भएको देख्दा आफ्नो मन प्रशंन्न भएको उनले बताए। ‘ बृद्धबृद्धाहरु हर्षित भएको देख्दा उनीहरुको आर्सीवाद पाए जस्तो लागेको छ ’ उनले भने।

शिविरमा ५ सय ५४ जनालाई चस्मा समेत बाँडिएको थियो। लाभग्राहीलाई भेटेर खुसी साटासाट गर्न मेयर कलाम र उप मेयर शोभावति कुर्मी समेत क्याम्पमा पुगेका थिए। उम मेयर कुर्मीले नगरपालिको योजना अनुसार सेवाग्राहीलाई घर आगनमै सेवा दिने उद्देश्य अनुरुप विगत बर्षहरु देखि नै यस्ता क्याम्प सञ्चालन गर्दै आएको बताईन। 

प्रकाशित: १० चैत्र २०७९ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App