२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अतिक्रमण हटाउने कार्यमा अवरोध गरेकाे भन्दै वडाध्यक्ष नियन्त्रणमा

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० स्थित मायादेबी साझेदारी वनको अतिक्रमण हटाउने कार्यमा अवरोध गरेको भन्दै वडाअध्यक्षलाई नियन्त्रणमा लिइएको छ। 

मायादेबी साझेदारी वनको अतिक्रमण हटाउने कार्य गत असार ६गते देखि जारी छ। अतिक्रमण हटाउने कार्यलाई अवरोध खडा गरे पछि वडा नम्बर १० का अध्यक्ष अध्यक्ष यमप्रसाद पोख्रेललाई शुक्रवार वन कर्मचारीहरुले नियन्त्रणमा लिएका  हुन्। 

अतिक्रमणकारीहरुलाई उक्साउने हुल हुज्जत गर्ने गरेकोले आफुहरुले वडाध्यक्ष पोख्रेललाई नियन्त्रणमा लिइएको डिभजन वन कपिलवस्तुका प्रमुख बिजयराज सुबेदीले बताए। मायादेबी वनको १ हजार १७ हेक्टर क्षेत्र मध्ये ढेड सय हेक्टर अतिक्रण गरिएको छ। प्रमुख सुबेदीले वडाध्यक्ष पोख्रेलमाथी वन ऐन २०७६ को अतिक्रण सम्बन्धी कसुर अनुसार कारबाही प्रकृया अघि बढाइएको बताए। नियन्त्रणमा लिइएको पोख्रेललाई डिभिजन वन कपिलवस्तुको तौलिहवा स्थित हिरासत कक्षमा राखिएको छ।  

उता यही विषयलार्ई लिएर नगरपालिकाले १३ औँ नगरसभा स्थगित गरेको छ। आर्थिक बर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्न डाकिएको नगर सभा स्थगित भएको हो। उप मेयर रिता चौधरीले बजेट पैश गर्ने क्रममा वडाध्यक्षले सभा स्थगित गर्नु पर्ने माग गरेका थिए। सोही अनुसार सभा स्थगित गरिएको मेयर चक्र अर्यालले बताए। स्थानीय शासन संचालन ऐनको धारालाई टेक्दै नगर प्रमुख तथा सभा अध्यक्ष चक्रपाणी अर्यालले सभा स्थगित गरेको बताए।  

प्रकाशित: ९ असार २०८० १२:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App