२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

यौनिक अल्पसंख्यकको संस्थालाई अटो रिक्सा

कपिलवस्तुमा यौनिक अल्पसंख्यकको संस्था नवजीवन संस्थालाई अटो ( टेम्पु) रिक्सा प्रदान गरिएको छ। ४ पालिका एक वडा र एक गैरसरकारी संस्थाले गरेको कुल ८ लाख लागतको अटो हस्तान्तरण गरिएको हो।

विजय नगर गाउँपालिकाका प्रमुख गोपाल थापाले रिबन काटेर उद्घाटन गर्दै संस्थाकी अध्यक्ष प्रेरणा विष्टलाई तौलिहवामा एक कार्यक्रमबीच सो अटो हस्तान्तरण गरेका थिए। अटो किन्न कपिलवस्तु र बुद्धभूमि नगरपालिकाले दुई–दुई लाख, विजयनगर गाउँपालिका महाराजगन्ज नगरपालिका, कपिलवस्तु नगरपालिका वडा नं ३ र इन्द्रेणी ग्रामीण विकास संस्थाले एक एक लाख रूपैयाँ सहयोग गरेका थिए।

कपिलवस्तुमा यौनिक अल्पसंख्यकको संस्था नवजीवन संस्थालाई अटो ( टेम्पु) रिक्सा प्रदान गरिएको छ।

सो अवसरमा प्रमुख थापाले अटोले अब संस्था र यौनिक अल्पसंख्यकलाई समेत आयआर्जनमा केही भए पनि राहत मिल्ने बताए। उनले यौनिक अल्पसंख्यकसमेत राज्यकै नागरिक भएकाले तिनै तहका सरकारले उनीहरूलाई सहयोग गर्नुपर्ने बताए। सो अवसरमा वडाध्यक्ष प्रकाश गैरले यौनिक अल्पसंख्यकलाई कसैले विभेद गर्न नहुने बताए। उनले यस्तो सहयोग जारी रहेको बताए।

कार्यक्रममा संस्थाकी अध्यक्ष प्रेरणा विष्टले अफनो संस्था जिल्लामा एक दशकदेखि क्रियाशील रहेको बताइन्। उनले सबैको सहयोगले अहिले आफ्नो समुदायलाई विगतभन्दा धेरै सहज भएको बताइन्।

उनले आफूहरूलाई यसरी नै सबै पालिकाको सहयोग र साथ आवश्यक रहेको बताइन्। प्रेरण विष्टको अध्यक्षता र पार्वती आचार्यको सञ्चालनमा भएको कार्यक्रममा गैरसरकारी संस्था महासंघ कपिलवस्तुका अध्यक्ष जयप्रकाश पाण्डेय, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ र इन्द्रेणी संस्थाका निर्देशक प्रदीप शाह लगायतले शुभकामना मन्तव्य दिएका थिए।

प्रकाशित: १० असार २०८० ०२:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App