२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तुमा धान रोप्न पम्पसेट कै भर

पानी नपर्दा कपिलवस्तुका कृषक पम्पसेट कै भरमा धान रोप्ने गरेका छन्। असार सकिन लाग्दा समेत अहिलेसम्म जिल्लामा पर्याप्त बर्षा नहुँदा उनीहरु पम्पसेट कै भरमा सिचाई गरेर धान रोप्न बाध्य भएका हुन्। यहा नहर कुलो, सेलो टियुवेल, खोला नाला र पोखरीबाट पानी तानेर सिंचाई गर्ने गरिएको छ। पानी नपर्दा रोपाइको लागि कृषकहरुले पम्पसेट कै सहारा लिन बाध्य भएको कृषक महासंघ कपिलवस्तुका अध्यक्ष गंगा बहादुर बिष्टले बताए।

कृषि ज्ञान केन्द्र अनुसार पानी नपरेकै कारण असार सकिन लाग्दा मुस्किलले जिल्लामा ५० प्रतिशत मात्र रोपाई सकिएको छ। अहिले कृषकहरुले धान रोप्नका लागि पोखरी कुलो नहरबाट पम्पसेटले खेतमा सिँचाई गरेर धान रोप्ने गरको बिष्ट बताउँछन्। बिउ बिजन, मलखाद नपाउदा मर्कामा परेका कृषकरु प्रकृतिले समेत साथ नदिदा समस्यामा परेको उनी बताउछन्। यशोधरा गाउपालिका वडा नम्बर ४ पसौहियाको अम्लोनहाका कृष रामु यादवले पानी नपरेकोले पोखरीबाट पम्पसेटले पानी तानेर धान राप्ने गरेको बताए। ‘ पानी परेको छैन, बल्लतल्लन बीउ राखेको थिएन, पम्पसेटले सिचाई गरी धान राप्ने गरेको छु ’ उनले भने। मजदुरको व्याला समेत बढेको र त्यसैमा झन् पम्पसेटले सिचाई गर्नु पर्दा धान खेतीमा धेरै लागत बढको उनले बताए। उनले समयमै मै बर्षा भएन भने धान मात्र होईन अन्य बाली समेत समेत लगाउन समेत पम्पसेट कै साहारा लिन् पर्ने बताए।  सुद्धोदन गाउपालिकाको लवनीका विश्वम्भर कुर्मीले आफुले पम्पसेटले नै सिचाई गरी बल्लतल्लन धान रोपेको बताए। ‘ पानी परको छैन, धान खेतीकालागि अहिले पम्पसेट कै साहारा छ’। ‘ महंगो डिजलले पम्पसेट चलाउनु पर्छ, धान खेतीको लागत समेत धेरै बढेको छ ’ उनले भने। पोखरीबाट सयम मिटर बढी सेक्सनपाईप जोडर पम्पसेटले पानी तानेर खेतमा पानी ल्याएको उनले बताए। उनले सरकारले कृषि क्रान्तिको नारा मात्र लिएर कृषकहरुलाई झुक्काउने गरेको भन्दै सिचाई नहुदा कृषकहरु मारमा परेको बताए। अहिले गाउ गाउमा कृषकहरुले खेतमा पम्पसेटले नै सिचाई गरीरहेको दुश्य समान्य जस्तै बनेको छ। ऋण गर्जो गरेर खेती गर्छौं तर समयमा पानी नपर्दा लगानी मात्र नभई श्रम पनि खेर जाने गरेको महारजागंज नगरपालिका क कृषक नरसिंह कोहारले बताए। सरकारले सिंचाईमैत्री निति ल्याएर गाउँ गाउँमा गर्न खोज्ने कृषकलाई सहयोग गर्नु पर्ने उनले बताए । सिंचाई नहुँदा सम्म कृषकको स्थिति कहिले पनि सुधार नहुने कृषक अगुवा कृषक बहरैची केबटले बताए। कृषि ज्ञान केन्द्रका प्रमुख राघवेन्द्र चौबेले समय मै बर्षा नहुदा अहिले कषकहरु पम्पसेटले सिचाई गरेर जबरजसती खेती गरीरहेको बताए। उनले खेतीयोग्य जमिनको ६० प्रतिशत मात्र मात्र सिचाई सुबिधा पुगको बताए। बाह्रै मासे खेती हुने क्षेत्रफल भने केवल ६ प्रतिशत मात्र रहेका छ। उनले जिल्लामा सिचाईको सुबिधा नहुदा कृषकहरु मारमा परेको बताए। जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमिन भए पनि ८१ हजार ५७६ हेक्टरमा खेती हुदै आएको छ। त्यस मध्ये ७१ हजार ५ सय हेक्टरमा धान खेती गर्ने गरिएको छ।  

फोटो बिवरणः कपिलवस्तुको यशोधरा गाउपालिका वडा नम्बर ४ पर्सोहिया र मायोदेबी गाउपालिकाको वडा नम्बर ६ डुमरामा धान रोपाई गर्न पम्पसेटले पानी तान्दै । 

प्रकाशित: २९ असार २०८० ०८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App