१९ आश्विन २०८१ शनिबार
image/svg+xml

महात्वाकांक्षी आयोजनाको काममै जनश्रमदान

सरकारको महत्वाकांक्षी आयोजना भित्र पर्छ, राजापुरको कर्णाली नदी नियन्त्रण तथा व्यवस्थापन आयोजना। तर सरकारले अर्बौं खर्च गरेको आयोजनाको बाँध नदीले भत्काउँदा राजापुरवासी र सुरक्षाकर्मी श्रमदान गरेर बस्ती बचाउन बाध्य छन्।एक सातादेखि स्थानीय निरन्तर बोरा र तारजाली लिएर खटिएका छन्। आयोजना प्रमुख धर्म न्यौपाने लामो समयदेखि कार्यालयमा छैनन्।

पाँंचतल्ले मन्दिर जिर्णाेद्धारमा जनश्रमदान गर्नेहरुको लहर

भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिरमा शनिबार अहिलेसम्मकै सबैभन्दा बढीले जनश्रमदान गरेका छन् । शनिबार दुई सय भन्दा बढी जनश्रमदानमा जुटेका थिए । मन्दिर जिर्णाेद्धार व्यवस्थापन समितिले दैनिक जनश्रमदान गर्न आउन चाहन समूहहरुको तालिका नै बनाएर जनश्रमदान गर्न लगाएको छ ।

नाच्दैगाउँदै जनश्रमदानबाट न्यातपोलको जीर्णोद्धार सकिँदै

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाको कहरले आक्रान्त बनेपछि देशभर लकडाउनले गतिविधि सुनसान भइरहँदा भक्तपुरको न्यातपोललाई बलियो बनाउन दैनिक जनश्रमदानमा जुटिरहेका छन् यहाँका बासिन्दा।

८ करोडको श्रमदान गरेर लाप्राक नमुना बस्तीबाट बाहिरियो सेना

उत्तरी गोरखाको धार्चे गाउँपालिका ४ स्थित लाप्राक नमुना बस्तीमा दुई वर्ष १० महिना पुनर्निर्माणको काम गरेर नेपाली सेनाले बुधबार (आज) बस्ती छाडेको छ। २०७२ बैशाख १२ मा केन्द्रबिन्दु बारपाक भएर गएको बिनासकारी भूकम्पमा ध्वस्त लाप्राक गाउँ पुनर्निर्माणको जिम्मा गैरआवासिय नेपाली संघ (एनआरएनए) ले लिएको थियो।

ठेक्काको काममा जबर्जस्ती श्रमदानः नगर्नेलाई एक हजार जरिवाना

जिल्लाकै अतिविकट बबई गाउँपालिका–१ गगंटेमा नेपाल टेलिकम फोन सेवा सञ्चालन गर्ने सुखद खबरले गंगटेबासी हर्षित थिए।

श्रमदानबाटै सडक मर्मत

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका स्थानीयले श्रमदान गरेर सडक मर्मत गरेका छन्। एक दशकअघि निर्माण गरिएको सडक मर्मतमा स्थानीय सरकारको ध्यान नपुगेको भन्दै खार्मीका युवाको अगुवाइमा दसैंतिहारको अवसर पारी खार्मी–तापखोला ७ किलोमिटर खण्ड मर्मत गरेका हुन्।

श्रमदानबाट सडक मर्मत

हलेसी तुवाचुङ नगरपालिका–८, धितुङका स्थानीयले श्रमदान जुटाएर सडक मर्मत गरेका छन्। ससाना विकास निर्माणका काममा पनि सरकारकै मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला धितुङका स्थानीयले अवरुद्ध सडक खुलाउन श्रमदान गरेका हुन्।

श्रमदानले हुने काममा साढे २ अर्ब खर्च

गत आवमा पाँच सय ९९ स्थानीय तहले ६ हजार आठ सय ६४ कार्यक्रममा संलग्न भएर सरसफाइ, नाला मर्मत र झार टिपेबापत एक लाख ७५ हजार नौ सय नौजनालाई साढे २ अर्ब रुपैयाँ भुक्तानी दिएका छन्।

उत्कृष्ट उपभोक्ता समिति पुरस्कृत

खुम्बुपासाङल्हामु गाउँपालिकाले उत्कृष्ट उपभोक्ता समितिलाई ५० हजार रुपैयाँसहित पुरस्कृत गरेको छ।

साना आयोजनामा जुट्नै स्थानीय

सरकारले एक करोडभन्दा कम बजेटका आयोजनामा डोजर लगाउन प्रतिबन्द गरेसँगै प्युठान नगरपालिकाले श्रमदानबाटै सडक निर्माणको काम थालेको छ। तीन किलोमिटर सडक निर्माणका लागि स्थानीय वासिन्दा बेल्चा, कुटो, कोदालो लिएर खटिएका छन्।

९० दिनको श्रमदान पछि १ सय २ घरधूरीमा खानेपानी

तिनाउँ गाउँपालिका–५ का स्थानीयहरुहरुले ९० दिनको श्रमदान गरी एक सय दुई घरधूरीमा खानेपानी धारा जडान गरेका छन्। उनीहरुले पाँच हजार, पाँच सय, सय मिटर पाइप राखेर दलित तथा जनजाति विपन्न बस्तिमा लिम्दी खानेपानी तथा सरसफाई उपभोक्ता समिति मार्फत् खानेपानी पुगेको हो।

बेलासपुरमा सवैको श्रमदान

सदरमुकामकै प्रशिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बेलासपुर मन्दिर निर्माणको क्रममा सवैले श्रमदान गरेका छन्। मन्दिरको ढलान निमार्ण कार्यमा स्थानीय विकास अधिकारीदेखि प्रहरी प्रमुखसम्मले श्रमदान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्