६ आश्विन २०८१ आइतबार
image/svg+xml

१९ औँ एसियाली खेलकुद :टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरियो

१९औँ एसियाली खेलकुद, २०२३ अन्तर्गत टेबल टेनिस टिम इभेन्टमा नेपाल समुह चरणबाट बाहिरिएको छ। नेपालको पुरुष र महिला टेबल टेनिस टोली टिम इभेन्टमा समूह चरणबाटै बाहिरिएको हो।

वैद्यको संयोजकत्वमा टेबलटेनिस संघको तदर्थ समिति

चतुरानन्दराज वैद्यको संयोजकत्वमा अखिल नेपाल टेबलटेनिस संघको तदर्थ समिति गठन गरिएको छ। ३३ सदस्यीय समितिको वरिष्ठ सह–संयोजकमा सुदिल शाही र सह–संयोजक वृजेन्द्रबहादुर हमाल रहेका छन्।

उपाधि नजिक एभरेष्ट, श्री श्री रविशंकर, लिलिटपुट र सेन्टमेरिज स्कुल

विराटनगरमा जारी प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबल टेनिस प्रतियोगिताको फाइनलमा एभरेष्ट, श्री श्री रविशंकर, लिलिपुट र सेन्टमेरिज स्कुल पुगेका छन्।

किङ्स कपका लागि खेलाडी छनोट

नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ। सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन्।

टेबल टेनिस खेलाडीको बिदाइ

चीनमा आयोजना हुने १९ औें एसियाली खेलकुदको तयारी स्वरूप नेपालको टेबल टेनिस खेलाडीले भारतको नोएडामा प्रशिक्षण गर्ने भएको छ।

विराटनगरमा बुधबारदेखि सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता

कोशी खेलकुद विकास बोर्डको आयोजना तथा मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनामा विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता बुधबारदेखि हुन लागेको बताइएको छ।

एसियाडका लागि ४ टेनिस खेलाडी छनोट

चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदका लागि टेनिसको अन्तिम छनोट आज सम्पन्न भएको छ। सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा नेपाल टेनिस संघले आयोजना गरेको प्रतियोगिताबाट पुरुष/महिलामा समान २–२ गरी ४ खेलाडी छनोट भएका छन्।

राइजिङ स्टार टेनिस प्रतियोगिता हुने

सर्वाधिक पुरस्कार राशीको राइजिङ स्टार ओपन टेनिस प्रतियोगिता आयोजना हुने भएको छ। राइजिङ स्टार टेनिस एकेडेमी काठमाडौंको आयोजनामा जेठ २७ गतेदेखि असार २ गतेसम्म ललितपुरको सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा प्रतियोगिता आयोजना हुने भएको हो।

सुमनलाई पुरुष सिंगल्समा स्वर्ण

किङ्स टिटीका सुमन शाक्यले सोमबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्।

खड्गीलाई भेट्रानतर्फ स्वर्ण

रिभाइभ हेल्थ क्लबका सुमन खड्गीले आइतबार विन्ध्यवासिनी मास्टर्स खुला टेबल टेनिस प्रतियोगिताको भेट्रान ६० वर्षमाथि पुरुष सिंगल्सतर्फ स्वर्ण जितेका छन्।

विन्ध्यवासिनी मास्टर्स खुल्ला टेबलटेनिस :त्रिशालाई स्वर्ण

त्रिशा गुरुङले विन्ध्यवासिनी मास्टर्स खुल्ला टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा स्वर्ण पदक जितेकी छन्।

सोफेस टेबलटेनिसमा रितिम र आस्मालाई स्वर्ण

गार्गी एकेडेमी, बुटवलका रितिम गुरुङ र आदर्श विद्या मन्दिर (एभीएम) की आस्मा पहारीले नवौं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन्। सिंगल्सको ब्वाइजमा रितिम तथा गल्र्समा आस्मा पहिलो भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्