६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

अफिसिएटिङ स्कुल सुरु

नेपाल टेनिस संघको आयोजनामा राष्ट्रिय अफिसिएटिङ स्कुल आजदेखि सातदोबाटोमा सुरु भएको छ।

कार्यक्रममा चियर अम्पायर र अफिसियल गरी २१ जना सहभागी छन्। प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको टेनिस संघले जनाएको छ।

आईटीएफ सिल्भर ब्याच रेफ्री, आईटीएफ/एटीपी/डब्लुटीए सर्टिफाइड रिभ्यु अफिसियल र ब्रोन्ज ब्याच चियर अम्पायर अभिषेक मुखर्जीले सहभागीलाई व्यवहारिक र सैद्धान्तिक ज्ञान दिने छन्। अन्तर्राष्ट्रिय टेनिस महासंघको सहयोगमा सञ्चालित कार्यक्रम सोमबार सम्पन्न हुनेछ।

प्रकाशित: २७ श्रावण २०८० १४:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App