२० असार २०८१ बिहीबार
image/svg+xml
खेल

किङ्स कपका लागि खेलाडी छनोट

नेपाल टेनिस संघले बिली जिन किङ्स कपका लागि ४ महिला खेलाडी छनोट गरेको छ। सातदोबाटोमा भएको छनोट प्रतियोगिताबाट अभिलाषा विष्ट, माहिका राणा, सुनिरा थापा र रायना शाह छनोट भएको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन्।

रायनाबाहेक सबै खेलाडी १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन्।किङ्स कप अक्टोबर १६ देखि २१ तारिखसम्म बहराइनमा हुँदैछ।

यो प्रतियोगितामा विगतमा नेपालको सहभागिता उमेरसमूहमा हुने गथ्र्यो। 

अब नेपालले सिनियरस्तरमा प्रतिस्पर्धा गर्न लागेको हो । अन्तर्राष्ट्रिय टेनिस महासंघले नेपाललाई क्लास बीमा अपग्रेड गरेपछि नेपाललाई सिनियरस्तरमा प्रतिस्पर्धा गर्ने बाटो खुलेको सदस्य विष्टले जानकारी गराए । पहिले नेपाल क्लास सी मा थियो ।

प्रकाशित: २४ श्रावण २०८० १४:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App