१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
खेल

विराटनगरमा बुधबारदेखि सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता

प्रथम राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता बुधबारदेखि विराटनगरमा सुरु हुँदैछ।  

कोशी खेलकुद विकास बोर्डको आयोजना तथा मोरङ जिल्ला सफ्ट टेनिस संघको संयोजनामा विराटनगरमा राष्ट्रिय सफ्ट टेनिस प्रतियोगिता बुधबारदेखि हुन लागेको बताइएको छ।

संघका अध्यक्ष श्याम लामाका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको र बाहिरबाट आउने धेरै टोली मंगलबार साँझसम्म आइपुग्ने छन्।

विराटनगरको सहिद रंगशाला र जुट मिलको टेनिस कोर्टमा असार १३ गते बुधबारदेखि १६ गते शनिबारसम्म प्रतियोगिता हुनेछ। प्रतियोगितामा सफ्ट टेनिसका राष्ट्रिय खेलाडीसहित अन्य प्रदेश र विभागीय टोलीको सहभागिता रहेको छ।

प्रतियोगितामा ५ वटा प्रदेशका टोलीसहित ३ विभागीय टोली रहेको छ। कोशी, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै नेपाल पुलिस, सशस्त्र प्रहरी बल (एपिएफ) र आर्मीले भाग लिएका छन्। प्रतियोगितामा ५ इभेन्ट्सका खेल हुनेछ।

पुरुष/महिला सिंग्लस, पुरुष÷महिला डबल्स र मिस डबल्सका इभेन्टमा खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ८० जना बढी खेलाडीको सभागिता रहेको छ।

प्रतियोगितामा पुरुष/महिला सिंग्लसको विजेताले ३५ हजार, उपविजेताले २५ र तृतीय हुनेले जनही १५/१५ हजार, पुरुष÷महिला डबल्सको विजेताले ३० हजार, उपविजेताले २० हजार र तृतीय हुनेले जनही १०/१० हजार, मिस डबल्सको विजेताले ३० हजार, उपविजेताले २० हजार र तृतीय हुनेले जनही १०/१० हजारका साथै ट्रफी प्राप्त गर्ने छन्।

प्रकाशित: १२ असार २०८० ०८:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App