१० मंसिर २०८१ सोमबार
image/svg+xml

मुस्ताङका होटल नौ महिनापछि खुले

कोरोना भाइरस संक्रमणका कारण बन्द भएका हिमालपारिको जिल्ला मुस्ताङका होटल नौमहिनापछि खुलेका छन् ।

पाहुनाविहीन अवस्थामा खल्लो क्रिसमस

कोरोनाका यही सकसबीच शुक्रबार ‘क्रिसमस’ परेको छ। पोखरा आएका विदेशीलाई क्रिसमसको रमाइलो दिलाउँन अघिल्ला वर्ष व्यवसायीले यो दिनका लागि यहाँ पर्याप्त तयारी गर्दथे। तर, योपटक भने व्यवसायीले क्रिसमसलाई औपचारिकता र निरन्तरतामा मात्र समेटेका छन्। पाहुनाविहीन अवस्थामा चलेको व्यवसायमा क्रिसमसलाई पनि उल्लासमय बनाउन नचाहेको व्यवसायीको भनाइ छ।

होटललाई दक्ष कामदार उत्पादन गरिँदै

इलाम उद्योग वाणिज्य संघले १५ महिना सञ्चालन हुने गरी दिगो रोजगारीका लागि सीप विकास परियोजना थालेको हो ।

होटल आइसोलेसन: संक्रमितलाई सहज, व्यवसायीलाई राहत

अब खुलमखुला रुपमा आह्वान नै गरेर कोरोना संक्रमितलाई राख्नुपर्छ। यसलाई पनि व्यवसायसँग जोड्नुपर्छ।

के महामारीमा होटलमा बस्नु सुरक्षित हुन्छ ?

कोरोनाभाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला ? अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ।

पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल केही महिनाका लागि बन्द

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि पर्यटकीयस्थल लाङटाङ क्षेत्रका होटल केही महिनाका लागि बन्द भएका छन्।

ठूला होटलमा सस्तो प्याकेज

पोखरा र चितवनको सौराहामा होटल सञ्चालन गरेको ल्यान्डमार्कले आन्तरिक पाहुनालाई लक्षित गर्दै केही दिनअघि प्याकेज ल्याएको छ। यो प्याकेजमा बस्ने आन्तरिक पाहुनाले प्रतिव्यक्ति एक रातका लागि दुई हजार एक सय ५० रुपैयाँ तिर्नुपर्नेछ।

सोेल्टी वेस्टेन्ड प्रिमियर होटल सम्मानित

नेपालगन्जस्थित सोेल्टी वेस्टेन्ड प्रिमियर होटल वातावरण र दिगो विकास सहितको सेवामा योगदान पु-याए बापत सम्मानित भएको छ ।

रिसोर्टमा आउन थाले पाहुना

लामो समयको बन्दाबन्दीले घरबाहिर निस्कन नपाएका पाहुना यो बेला एक रातका लागि भए पनि घर छाड्ने मौका खोजेर रिसोर्टमा बस्न पुगेका छन् ।

पोखराका होटल तत्काल नखुल्ने

सरकारले बिहीबारदेखि होटल र रेस्टुरेन्ट खोल्न दिने निर्णय गरे पनि पोखराका व्यवसायीले अहिले नखोल्ने भएका छन् ।

काठमाडौंका मेयर सोल्टी होटलबाट घर

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण भएपछि होटल सोल्टीको आइसोलेसनमा बसेका छन्। दैनिक करिब ७५ हजार रुपैयाँ खर्च हुनेगरी मेयर शाक्य परिवारसहित होटलको आइसोलेसनमा बसेको स्रोतले बतायो। शाक्यसँग पत्नी, छोरीलगायत परिवारका सदस्य छन्।

धमाधम बन्द हुँदै होटल

लामो समयसम्म कोरोना नियन्त्रणका लागि लकडाउन कायम भएपछि व्यवसायबाटै हात धुने व्यवसायी थपिने क्रम जारी छ। बुटवल बसपार्कमा विगत तीन वर्षदेखि होटल न्यू मनकामना गेस्ट हाउस सञ्चालन गर्दै आएका विष्णु अधिकारीले घरभाडा बुझाउन सकस भएपछि लाखौंका सामानसहित होटल छाडेका छन्।

लाङटाङ निकुञ्ज क्षेत्रमा सञ्चालित होटलको टेन्डर प्रक्रिया सुरु

लाङटाङ राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा सञ्चालित होटल, लज तथा चिया पसलको टेन्डर प्रक्रिया अघि बढेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्