२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पाँच लाख बढीको सेयर कारोबार गर्न प्यान अनिवार्य

आगामी वैशाख १ गतेदेखि पाँच लाख रुपैयाँ र सोभन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताले अनिवार्य रुपमा प्यानको दायरामा आउनुपर्ने भएको छ। नेपाल धितोपत्र बोर्डले बिहीबार विज्ञप्ति जारी गर्दै तत्काललाई पाँच लाखभन्दा बढीको कारोबार गर्नेहरुलाई अनिवार्य रुपमा प्यानको दायरामा ल्याएको हो।

तयारी नगराउँदा निगमलाई ७० लाख घाटा

नेपाल वायुसेवा निगमले वाइड बडी एयरबसका लागि तालिममा पठाएका दुई पाइलट परीक्षामै असफल भएका छन्। बोइङ ७३७ का पाइलट राजन मानन्धर र सन्तोष शर्मालाई निगमले वाइड बडी विमान उडाउनको लागि तालिम गर्न सिंगापुर पठाएको थियो।

जंगी अड्डाको पुनःनिर्माण ९९ प्रतिशत सकियो

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको क्रममा रहेको नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण  गरेका छन्। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राकृतिक विपद्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न सबै सुरक्षित उपाय अपनाई जंगी अड्डाको पुनःनिर्माण गरिएको बताए।

आठौं राष्ट्रिय खेलकुद अझै अन्योलमा

पाँच नम्बर प्रदेशमा हुन लागेको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नतोकिँदा अन्योलता छाएको छ। प्रतियोगिताका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण कार्य पूरा नहुँदा मिति तोक्न ढिलाइ भएको हो। प्रतियोगिताको मिति नतोकिँदा अन्योल छाएको खेलाडी तथा प्रशिक्षकहरू बताउँछन्।

होन्डा नेपाल ड्रिम कप सम्पन्न

नेपालमा पहिलो पटक होन्डाले ‘होन्डा नेपाल ड्रिम कप २०१९’ रेसिङ च्याम्पियनसिप आयोजना गरेको छ। सडक दुर्घटनालाई कम गर्ने उद्देश्य राखेर होन्डाले रेसिङका लागि उत्साहित राइडरहरूलाई आफ्नो स्किल देखाउनका निमित्त सुरक्षित मञ्च प्रदान गरेको छ।

बंगलादेशको जितबाट नेपाल सेमिफाइनलमा

२०१६ को फाइनल भिडन्तमा भारतसँग पराजित हुँदै उपविजेता बनेको बंगलादेशले बिहीबार साफ महिला च्याम्पियनसिपमा भुटानलाई २–० ले पराजित गरेपछि नेपाल एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरेको छ।

'नेपाली मिडिया भ्रष्टाचारविरुद्ध अग्रपंक्तिमा'

नेपाल रिपब्लिक मिडिया प्रालिकी निर्देशक शोभा ज्ञवालीले नेपालमा मिडियाको भूमिका महत्वपूर्ण रहेको बताएकी छिन्। न्यूयोर्कमा बुधबार आयोजित परिवार र सामाजिक सुरक्षा विषयक छलफल कार्यक्रममा बोल्दै ज्ञवालीले मिडियाले अग्रपंक्तिमा रहेर भ्रष्टाचार तथा गलत कार्यका विरुद्ध कलम चलाइरहेको बताइन्। नेपालमा निजी क्षेत्रका मिडियाको आगमनसँगै त्यसले प्रजातान्त्रिक प्रणालीको खबरदारीमा भूमिका खेलिरहेको बताइन्। ‘प्रजातन्त्रको पुनःस्थापनापछि मिडियाले जीवन्त बन्ने अवसर पाएका छन्,’ ज्ञवालीले भनिन्। एक दशक लामो गृहयुद्धको अन्त्यका लागि पनि नेपाली मिडियाको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो।

बन्दका कारण पश्चिम नेपालकाे जनजीवन प्रभावित

विप्लव निकट नेकपाले गरेको बन्दले बिहीबार पश्चिम नेपालका जिल्लाको जनजीवन प्रभावित बन्यो। बन्दका क्रममा कतै गाडी जलाइए भने मुख्य सहरहरूमा शंकास्पद वस्तु भेटिए। सडक बजारमा बन्दकर्ता नभेटिए पनि बजारहरू बन्द थिए। लामो तथा छोटो दूरीका सवारीसाधन चलेनन्। बन्दका कारण प्रदेश ५, कर्णाली र सुदूरपश्चिमका जिल्लाको जनजीवन प्रभावित बन्न पुगेको हो।

नेपालगन्जको मुख्य सडकमै बम फेला, जनजीवन आतंकित

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आव्हान गरेकै दिन नेपालगन्ज उपमहानगरपालिकाको राँझास्थित मुख्य सडकमै बम फेला परेको छ। नेपालगन्ज–कोहलपुर चारलेन सडकमै बम फेला परेपछि जनजीवन आतंकित बनेको छ।

निर्माण क्षेत्रको समस्याबारे लेखा समितिमा छलफल

संसद्को सार्वजनिक लेखा समितिले निर्माण र ठेक्का प्रक्रियाका समस्याबारे नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग छलफल गरेको छ ।

विदेशी लगानी खुला गर्ने क्षेत्रमा महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले लघु उद्यम र घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रका साथै केही सेवा क्षेत्रमा विदेशी लगानी खुला नगर्ने गरी वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन ल्याउन सुझाव दिएको छ ।

अन्योलको आकाशमा सुधारका दिशा

प्रहेलिका जस्तो बनेको छ– नेपाल–भारत सम्बन्ध। भारतसित सम्बन्ध सुदृढ हुँदै गएको अभिव्यक्ति नेपाल सरकार तथा सत्तारुढ दलका नेताहरूबाट बारम्बार अभिव्यक्त हुँदै आएका छन् भने भारत सरकार तथा त्यहाँको सत्तासीन दलका नेताहरू पनि छिमेकीसित सम्बन्ध समधुर हुँदै गएको बखान्न कहिल्यै पछाडि परेका छैनन्। व्यावहारिक धरातल चाहिँ कथनी अनुरूप प्रतीत नहुँदा अन्योलको बादल मडारिरहेकै छ।

राजदूत आचार्यद्वारा ओहदाको पत्र पेश

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय राष्ट्रपतिसमक्ष ओहदाको प्रमाण–पत्र बुझाएका छन्। बुधबार राष्ट्रपति भवन नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रमका बीच राजदूत आचार्यले भारतीय राष्ट्रपति रामनाथ कोविन्दलाई ओहदाको पत्र बुझाएका हुन्।

आन्तरिक कलहमै कांग्रेस

पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्ने प्रतिबद्धतासहित शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको तीन वर्ष पुगेको छ। २०७२ फागुन २४ गते सभापतिमा निर्वाचित देउवाले तीन वर्षमा पार्टीलाई विधि र विधानअनुसार अघि बढाउन त सकेनन् नै असन्तुष्ट पक्षलाई साथ लिएर संगठन सञ्चालन गर्न पनि असफल देखिए।

अनामनगरमा शंकास्पद वस्तु फेला

राजधानीको अनामनगरमा शंकास्पद वस्तु फेला परेको छ। सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको भोलिपल्ट बुधबार साँझ कालो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्