२१ आश्विन २०८१ सोमबार
image/svg+xml

गुप्तचर अधिकृतलाई पहिलोपटक प्रहरी तालिम

दुवै तहका अधिकृतलाई प्रहरीले हतियार सञ्चालनदेखि रणनीतिक र नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गरेको छ।

एनआरएन अमेरिकाको अध्यक्षमा सुनिल शाह विजयी

निर्वाचनमा कुल ८ सय ८ सय ३६ मत मध्ये ७ हजार १ सय ९१ मत खसेको थियो। अध्यक्षका अर्का प्रत्यासी सूर्य लम्सालको १ हजार ७ सय ९७ र संजय थापाको १ हजार ५ सय ५४ मत आएको छ।

विद्युत् महसुलमा छुट नदिन अदालतको आदेश

विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड सेवा लिएका उद्योगहरुबाट ३ देखि ४ अर्ब रुपैयाँ उठाउन बाँकी छ।

प्रहरी ऐनमा चलखेल

महानिरीक्षक बनेका प्रहरी अधिकारीले आफ्नो पदावधि लम्ब्याउन ३० वर्षे सेवा अवधिको प्रावधान हटाउन चलखेल गरेको आरोप लाग्दै आएको थियो। अतिरिक्त महानिरीक्षकसम्मका अधिकारीहरुले भने ३० वर्षे सेवा अवधि कायमै राख्न लबिङ गर्दै आएका थिए।

राष्ट्रिय फुटबल टोलीको घोषणा, बिमल र भरत परेनन्

मलेसिया र चाइनिज ताइपेइसँग अर्को महिना हुने मैत्रीपूर्ण खेलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ।

कांग्रेस नेता प्रकाशमान जब नबिना लामाको कफी शप पुगे...

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह नेकपाकी सांसद एवं अनेरास्ववियुकी पूर्वअध्यक्ष नबिना लामाले सञ्चालन गरेको कफी शपमा पुगेका छन्।

देउवाले बनाए समन्वय समितिः अर्थमा मीनेन्द्र–बिनोद, शिक्षामा गगन, रक्षामा भीमसेनदास (सूची)

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले छाया सरकारलाई प्रभावकारी बनाउन मन्त्रालयस्तरीय समन्वय समिति गठन गरेको छ। सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार २१ मन्त्रालयका लागि मन्त्रालय स्तरीय समन्वय समिति गठन गरेका हुन्।

११ औं शताब्दीमा लेखिएको ‘नागरसर्वस्व’ ग्रन्थ नेपालभाषामा

११ औं शताब्दीमा पद्मश्रीले संस्कृत भाषा लेखेको ‘नागरसर्वस्व’ ग्रन्थलाई दर्शनवीर शाक्यले नेपालभाषामा प्रकाशन गरेका छन्। लेखक शाक्यले ७ महिना लगाएर पुस्तक तयार पारेको पुस्तक इलोहँ प्रकाशनले बजारमा ल्याएको हो।

प्रत्येक प्रदेशमा संग्रहालय स्थापना गर्नुपर्ने

संग्रहालय सञ्चालन र नियमनका लागि कानुन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। आइकम नेपाल राष्ट्रिय समितिले ४१ औं अन्तर्राष्ट्रिय संग्रहालय दिवसका अवसरमा आयोजना गरिएको गोष्ठीमा सहभागीले संग्रहालय सञ्चालन गर्न कानुन निर्माणसँगै प्रत्येक प्रदेशमा संग्रहालय स्थापना गर्नुपर्ने बताए। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङगले संग्रहालयको विकास र व्यवस्थापन गर्न सके पर्यटकको माध्यमबाट सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा साकार हुने धारणा राखे।

पत्रकार दोस्रो चरणको आन्दोलनमा

नेपाल पत्रकार महासंघले प्रेस स्वतन्त्रता विरोधी प्रावधानसहित ल्याइएको मिडिया काउन्सिल विधेयक सच्याउन सरकार तयार नभएको भन्दै दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ। महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न पक्षसँग छलफलदेखि मानव साङ ो बनाई बृहत प्रदर्शन गर्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको हो।

रोजगारको प्रलोभनमा लिबिया पुगेका १५ नेपालीको उद्धार

रोजगारको प्रलोभनमा परेर अवैध रुपमा युद्धग्रस्त लिबिया पुगेका १५ जना नेपालीलाई उद्धार गरिएको छ। इजिप्टको कायरोमा रहेको नेपाली दूतावासको पहलमा रोजगारको आश्वासनमा अवैध रुपमा पु-याइएका १५ नेपालीलाई उद्धार गरी ट्रिपोलीमा रहेको अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)को क्याम्पमा राखिएको छ।

प्रियंका कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउने पहिलो नेपाली कलाकार

फ्रान्समा जारी ‘कान्स फिल्म फेस्टिभल २०१९’ मा सहभागिता जनाउन नायिका प्रियंका कार्की आइतबार पेरिस प्रस्थान गर्दैछिन्। विश्वका सेलिब्रटीको जमघट हुने कान्स फेस्टिभलमा नेपालले पहिलोपटक अवसर पाएको छ भने रेड कार्पेट समारोहमा प्रियंका नेपालको प्रतिनिधित्व गर्ने पहिलो कालाकार बनेकी छिन्।

आपराधिक घटनामा वृद्धि

५ सय वटा हत्याका घटनामा गरेको विश्लेषणमा १ सय ५३ वटा घटनामा श्रीमानले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाइएकाे हाे।

नेपाल लाइफ इन्स्योरेन्सको बोनस र लाभांश पारित

सभाबाट आर्थिक वर्ष ०७४/७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाब, नगद प्रवाह विवरण र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्ताव स्वीकृत भएको कम्पनीले जनाएको छ।

मिडिया काउन्सिल विधेयक फिर्ता नभए सशक्त आन्दोलन चेतावनी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले मिडिया काउन्सिललगायत अप्रजातान्त्रिक विधेयक फिर्ता नभए सडक र सदनबाट कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता केसीले आफूहरू लोकतान्त्रका आधारभूत सिद्धान्तमा सम्झौता गर्ने पक्षमा नरहेको बताए। ‘मिडिया काउन्सिलसम्बन्धी विधेयक स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने ढंगले प्रस्तुत भएको छ, सरकारको काम हेर्दा नियन्त्रणमुखी प्रवृत्ति अपनाएको देखिन्छ,’ उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्