५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल लाइफ इन्स्योरेन्सको बोनस र लाभांश पारित

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारण सभाले सञ्चालक समितिद्वारा प्रस्तुत नगद लाभांश र बोनस सेयरको प्रस्ताव पारित गरेको छ। शनिबार वीरगन्जमा सम्पन्न उक्त सभाले सेयरधनीलाई चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र प्रतिसेयर २३ रुपैयाँ ५० पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी जीवन बिमा क्षेत्रकै सर्वाधिक पाँच अर्ब ४९ करोड ९६ लाख १६ हजार नाघ्नेछ।कम्पनी अध्यक्ष गोविन्दलाल संघईले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समीक्षा वर्षमा कम्पनीले कुल बिमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको जानकारी गराए।

सभाबाट आर्थिक वर्ष ०७४/७५ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, आय–व्यय हिसाब, नगद प्रवाह विवरण र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्ताव स्वीकृत भएको कम्पनीले जनाएको छ।
हाल यस कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ छ। जीवन बिमाकोष ५९ अर्ब रुपैयाँ र सेयरधनी कोष १० अर्ब ४० करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीले जनाएको छ। कम्पनीमा एक लाख २२ हजारभन्दा बढी प्रशिक्षित अभिकर्ता छन्। कम्पनीले देशभर फैलिएका एक सय ७७ भन्दा बढी शाखा तथा उपशाखामार्फत जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।

हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेको विज्ञप्तिमा उल्लेख छ। ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधासमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: ५ जेष्ठ २०७६ ०३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App