२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जोखिममा नेपाली: सरकारसँग न तथ्यांक न उद्धार तयारी

कतिपय नेपाली विदेशी सेनाको सहयोगीका रूपमा पनि रहेको विभागले जनाएको छ। भट्टराईका अनुसार २०७६ सालदेखि हालसम्म अफगानिस्तान जान दुई हजार एक सय २२ नेपालीले श्रम स्वीकृति लिएका छन्।

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्न संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध सतिमितले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रुपमा तत्काल उद्धार गर्न कुटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।

हराएका बालबालिकालाई भारतबाट उद्धार

बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरिएको छ। कोहलपुर नगरपालिका– ४ का ती बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट स्वदेश ल्याइएको हो।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

सार्वजनिक सवारी नचलेको र गर्भवतीको अवस्था जटिल बन्दै गएकाले राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

नौ बालबालिकाको उद्धार

लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुर्नमिलन गराएको हो।

पहिरामा पुरिएका दुईको जीवितै उद्धार

जिल्लाको भानु नगरपालिका–८ गैह्रीफाँट डुम्रे–बेँसी सडकखण्डअन्तर्गत जिल्ला लमजुङ बेँसीशहर नगरपालिका–१० बस्ने २४ वर्षीय सरोज रिमाल र सोही ठाउँ निवासी ३५ वर्षीय सुनिल रावत घाइते भएका हुन्।

कमला नदीको टापुमा फसेका तीन जनाको प्रहरीद्वारा उद्धार

अविरल वर्षाका कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीबार बिहान सकुशल उद्धार गरेको छ।

मर्स्याङदीमा जेसिबी फस्यो, अपरेटरको सकुशल उद्धार

नदीले बगाएर ल्याएको काठ, बालुवा र ढुङ्गा पुलबाट निकाल्ने क्रममा जेसिबी र अपरेटर फसेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। मौसम अनुकूल भए जेसिबी निकाल्ने प्रयास गरिने प्रजिअ लामिछानेले जानकारी दिए।

समय नपुग्दै सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टरमार्फत उद्धार

गर्भवती भएको आठ महिनामै सुत्केरी व्याथाले च्यापेपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पा बुवालुङकी २४ वर्षीया शान्ता कटवाललाई मंगलबार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर प्रशुतीगृह थापाथली पुर्‍याइएको हो।

राहत तथा उद्धारमा खटिन नेता नेपालको निर्देशन

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले देशभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले ठूलो जनधनको क्षति पुगेकाले पीडितहरूको उद्धार र राहतमा खटिन नेता–कार्यकर्तालाई निर्देशन दिएको छ।

बाढीमा फसेका ११ जना बालबालिकाको उद्धार

कपिलवस्तुको बिजयनगर गाउपालिका– १ स्थित अरुवा खोलाको बाढीमा फसेका ११ जना बालबालिका उद्धार गरिएको छ। गाईबस्तु चराउन गएका बेला बाढी आएपछि उनीहरु खोलाबीचमै फसेका थिए।

बाढी तथा डुवानमा परेकाहरुको सशस्त्र प्रहरीद्वारा उद्धार

अविरल वर्षाको कारण कपिलवस्तु जिल्लाको बिजयनगर गाउँपालिका १ मध्यनगरको अरुवा खोलाको बीच भागमा अलपत्र परेका ८ जना बालबालिकाहरुको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

लगातारको वर्षाले सम्पर्कविहीन सातजनाको उद्धारमा कठिनाइ

लगातार वर्षा र चिसो हावा चलेका कारण उनीहरुको उद्दारमा समस्या भएको हो। औँलाजाका उनीहरु जेठ ३१ गते गाई, भैंसी र बाख्रा लिएर भेरीगोठका लागि ११ जना पाटन गएका थिए।

मनाङमा चारदिनपछि उद्धार सुरु (फोटोसहित)

भीषण वर्षापछिको बाढीले क्षतविक्षत पुर्‍याएको मनाङमा चारदिनपछि बल्ल राहत सहितको टिम पुग्न सफल भएको छ । बुधबार नै सेनाको हेलिकोप्टरमा उद्धार र राहत टिम मनाङ जाने भनिएपनि मौसम खराबीले हेलिकप्टर जान सकेको थिएन ।

खोजी, उद्धारमा जुट्न सरकारलाई प्रचण्डको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरामा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्