८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
समाज

कमला नदीको टापुमा फसेका तीन जनाको प्रहरीद्वारा उद्धार

अविरल वर्षाका कारण धनुषा जिल्लाको गणेशमान नगरपालिका ८ स्थित कमला नदीको बीच टापुमा फसेका तीन जनालाई सशस्त्र प्रहरीले बिहीबार बिहान सकुशल उद्धार गरेको छ। 

सशस्त्र प्रहरी निरीक्षक सुमन शर्माका अनुसार रातको समयमा तरकारी कुर्न गएका उनीहरु अविरल वर्षासँगै आएको पानीको बहाव बढ्न गई उक्त नदीको बीच भागमा रहेको टापुमा फसेका थिए।

उक्त टापुमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल नमबर ८ गण धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक ध्रुव खड्का र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक रवि थापाको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनीहरुको सकुशल उद्धार गरेको हो।

उद्धार गरिएकाहरु सोही ठाउँको लभटोली बस्ने ४६ वर्षीय गणपती यादव, ४० वर्षीया सितादेवी यादव र २७ वर्षीया संजय अधिकारी छन्।

प्रकाशित: १७ असार २०७८ ०८:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App