माओवादी विस्थापितले अझै पाएनन् क्षतिपूर्ति, रुँदै घरबार छाडेका थिए
कनकासुन्दरी गाउँपालिका ३ बुडुका विनबहादुर बुढा २०६१ सालमा तत्कालिन माओवादीबाट बिस्थापित भए। आफ्नो छोरा नेपाली सेनामा भर्ती गराएको भन्दै घरमै पुगेर धम्क्याउन थालेपछि उनी विस्थापित हुन पुगे। उनलाई तत्कालिन माओवादीले छोरालाई सेनाबाट फर्काउन र माओवादीमा प्रवेश गराउन दबाब दिए।