१० फाल्गुन २०८२ आइतबार
image/svg+xml

अझैं ‘अशान्त’ गौर : फेरि कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय रौतहटले हिजो दिउँसो १:०० बजेदेखि लगाएको कर्फ्युलाई आज बिहान केही समयका लागि खुकुलो पार्दै पुनः निरन्तरता दिएको हो। गौर नगरपालिका–६ सवगढा गाउँमा दुई पक्षबिच भएको झडपपछि उत्पन्न तनावपूर्ण स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले यो कदम चालेको हो।

स्विङ भोट: नयाँलाई आश, पुरानालाई त्रास

कुनै दल र संगठनप्रति प्रतिबद्ध नहुने भिड र समयको लहरमा आकर्षित हुने यो मतलाई आफ्नो पक्षमा पार्न सके सहज जित निकाल्न सकिने बुझाइमा नयाँ र पुराना दल छन्।

सहरको सौन्दर्य बिगारेको भन्दै २० हजार निर्वाचन सामग्री हटाइयो

निर्वाचन आचारसंहितालाई प्रभावकारी बनाउन प्रशासनले बिहीबार उम्मेदवार तथा राजनीतिक दललाई एक दिनको समय दिएर नियमविपरीतका प्रचार सामग्री स्वयं हटाउन निर्देशन दिएको थियो। तर तोकिएको समयभित्र सामग्री नहटाइएपछि प्रशासन आफैँ खटेर प्रचार सामग्री हटाएको हो।

लघुकथाकार सुरेशकुमार पाण्डेको दाेस्राे लघुकथासंग्रह ‘आवाज’ लाेकार्पण

राप्ती साहित्य परिषद दाङले लघुकथाकार सुरेशकुमार पाण्डेको दोस्रो लघुकथासङ्ग्रह ‘आवाज ’ को लाेकार्पण गरेकाे छ।

झापा पुगेर विश्वप्रकाशले भने : चुनावमा हार्ने र जित्ने सामान्य कुरा हो

उनले आवेगमा आएर लहैलहै र झोक्किएर मतदान नगर्न आह्वान गर्दै बदलिएको नेपाली कांग्रेसलाई ढुक्क भएर मतदान गर्न जेनजी भाइबहिनीहरूलाई आह्वान गरे। फागुन २१ गतेको प्रतिनिधिसभा चुनावबाट कांग्रेसलाई मुलुकको ‘पहिलो दल’ बनाउन मतदातालाई आग्रह गरेका छन्।

चुनावी परीक्षामा गगन

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यतिबेला सर्लाही–४ मा घरदैलो अभियानमा छन्।

ट्रम्पको ठुलो घोषणा : विश्वव्यापी भन्सार शुल्क १५ प्रतिशत पुर्‍याए

न्यायाधीशहरूले ६-३ बहुमतले करहरूको विरुद्धमा फैसला सुनाएका थिए। आफ्नो फैसलामा अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले आफ्नो शक्ति नाघेको र राष्ट्रिय आपत्कालीन ऐन लागू गरेको बताएको छ।

समाजवादी व्यवस्थाले मात्रै वर्तमान समस्या समाधान गर्न सक्छ : बिजुक्छें

सुसंस्कृत समाज निर्माणका लागि विद्यालय शिक्षा निःशुल्क र अनिवार्य हुनुपर्ने, विश्वविद्यालय शिक्षा निःशुल्क हुने कानुनी व्यवस्था जरुरी रहेको भन्दै नेमकिपाका अध्यक्ष बिजुक्छेंले शिक्षाको मुख्य उद्देश्य देशलाई आवश्यक जनशक्ति तयार गर्ने हुनुपर्नेमा जोड दिए।

एपिएफ र आर्मीको विजयी सुरुआत

विभागीय टोली एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले दुई दिवसीय फरम्याटको जय ट्रफी मेन्स एलिट कपमा विजयी सुरुआत गरेका छन्।

जग्गा नहुनेलाई लालपुर्जा बाँड्दै आयोग : ११ लाखको आवेदन, कस्ताले पाउँदैनन्?

अर्थात् कम्तीमा १० वर्षदेखि आबाद कमोत गरी घरटहरा बनाई बसोबास गरेका व्यक्ति र निजप्रति आश्रित परिवारका सदस्य उक्त वर्गमा पर्ने विज्ञ सदस्य शाहले जानकारी दिए। उनीहरूलाई तोकेको राजस्व लिएर पुर्जा वितरण गरिन्छ।

निर्वाचनको मुखमा गौर अशान्त : दुई समुदायबिच झडपपछि ‘हाइ अलर्ट’मा मधेस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत केही नेताले चुनावको वातावरण बनिनसकेको बताउँदै आएका बेला रौतहटको गौर बजार तीन दिनदेखि अशान्त बनेको छ।

आज यी तीन प्रदेशमा हिमपात र वर्षाको सम्भावना

महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लाग्नेछ। देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने पहाडी भूभागमा आंशिक बादल लाग्नेछ।

निर्वाचन ११ दिन बाँकी : ६ हजार बढी वडामा मतदाता शिक्षा कार्यक्रम जारी

मतदाता शिक्षा कार्यक्रम प्रयोजनका लागि आयोगले स्थानीय तहमा यसअघि तोकेका सम्पर्क व्यक्तिलाई नै निर्वाचन मतदाता शिक्षा कार्यक्रमको अनुगमनकर्ता तोकी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भइसकेको छ।

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ०३ पैसा र बिक्रीदर २१ रुपैयाँ १२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८९ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा कायम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्