२१ आश्विन २०८१ सोमबार
image/svg+xml

स्थानीय तह थप्न सरकारको 'भ्याकेट'

सरकारले स्थानीय तहको संख्या नबढाउन सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै  निवेदन (भ्याकेट) दिएको छ। सरकारका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले  सोमबार भ्याकेट दर्ता गरेको हो। महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले अन्तरिम आदेश खारेजीको माग गर्दै भ्याकेट दिएको बताए।

सरकार र राजपाबीच सिंहदरवारमा छलफल जारी

सत्ता गठबन्धन र राजपाबीच प्रधानमन्त्री कार्यालय सिंहदरवारमा छलफल भइरहेको छ। दोस्रो तहको निर्वाचनमा राजपालाई भाग लिन भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले राजपालाई बैठकमा डाकेका हुन्। छलफलमा राजपाका केन्द्रीय नेताहरु महन्थ ठाकुर, सरदसिंह भण्डारी, महेन्द्र राय यादव र अनिलकुमार झा सहभागी छन्।

नियम विपरित सरकारी मोटरसाइकल चलाउनेको लाइसेन्स जफत

ट्राफिक प्रहरी जुम्लाले पूर्व स्वीकृति बिना संचालन गरिएका ३ वटा सरकारी मोटरसाइकल चालकको लाइसेन्स जफत गरेको छ । यसै साता जिल्ला प्रशासन कार्यालयले अनुमति बिना सरकारी तथा गैर सरकारी संघ संस्थाका सवारी साधानहरु सार्वजनिक बिदाको दिन संचालन गर्न नपाइने निर्णय गरेको थियो । स्थानीय प्रशासनले गरेको निर्णय विपरित संचालन भएका ३ वटा सरकारी मोटरसाइकल चालककको लाइसेन्स ट्राफिक प्रहरीले जफत गरेको हो।

चुनाव मिति सार्ने राजपाको प्रस्ताव सरकारद्वारा ठाडै अस्वीकार

संविधान संशोधनबिना चुनावमा नजाने  अडान राख्दै आएको राजपाले सरकारसँग चुनाव मिति सार्न प्रस्ताव गरेको छ। सरकारले राजपाको प्रस्ताव अस्वीकार गदै मिति सार्न नसकिने प्रस्ट पारेको छ।

बेलायतमा गठबन्धन सरकार बन्ने

बेलायतको बिहीबार सम्पन्न संसदीय निर्वाचनमा बेलायती प्रधानमन्त्री टेरेसा मेको पार्टीले बहुमत गुमाएपछि गठनबन्धन सरकार बन्ने भएको छ । प्रधानमन्त्री मेको पार्टीले बहुमतका लागि ८ सिट नपुर्याएपछि गठवन्धन सरकारको कसरत हुने भएको छ ।

जर्मन सरकारले १ अर्ब ८५ करोड सहयोग गर्ने

नेपाल र जर्मनीबीच १ करोड ६० लाख युरो (करिब १ अर्ब ८५ करोड रुपैयाँ) आर्थिक सहायतासम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा शुक्रबार नेपालका तर्फबाट अर्थ सचिव शान्तराज सुवेदी र जर्मनीका तर्फबाट नेपालका लागि जर्मनीका राजदूत माथियस मेयरले हस्ताक्षर गरेका थिए।

यस्तो बन्दैछ स्थानीय सरकार

गाउँ कार्यपालिका र नगर कार्यपालिका भनेका स्थानीय मन्त्रिपरिषद् हुन्। गाउँसभाले बजेट र कार्यक्रम बनाएर कार्यपालिकामा पेस गरेपछि कार्यान्वयन गर्नुपर्नेछ।

नयाँ सरकारको काम र नीतिको आधारमा समर्थन र विरोधः नेता नेपाल

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ सरकारप्रति आफ्नो पार्टीको पूर्णसमर्थन वा पूर्ण विरोधको नीति नरहने बताएका छन्।

नयाँ सरकारलाई सेयर बजारको ‘ग्रिन सिग्नल’

सेयर बजारले नयाँ सरकारलाईलाई ‘ग्रिन सिग्नल’ दिएर स्वागत गरेको छ। नेपाली काँग्रेसका सभापति शेरबहारदुर देउवा मुलुकको ४० औं प्रधानमन्त्री भएकै दिन मंगलबार सेयर बजार मापक नेप्से करिब ३५ बिन्दुले बढेर बन्द भयो।

सरकारी जागिर छोडेर स्थानीय तह उम्मेदवार

स्थानीय तहको निर्वाचनका लागि सरकारी जागिर छोडेर उम्मेदवार बन्नेको जमात बढ्दै गएको छ। स्थायी सरकारी जागिर देखि अस्थायी र करार सेवा सम्मको जागिर छोडेर स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका छन्।

देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय, सरकारमा जाने-नजाने निर्णय लिन समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टीले व्यवस्थापिका–संसद्मा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यसअघि देउवाको पक्षमा मतदान गर्नेबारे राप्रपामा विवाद खडा भएको थियो।

बूढीगण्डकी आयोजना अघि बढाउन सरकार र चाइना गेजुवाबीच एमओयू

बूढीगण्डकी जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा ऊर्जा मन्त्रालय र चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप एन्ड कम्पनी (सिजिजिसी)बीच प्रारम्भिक सम्झौतापत्रमा (एमओयू)मा हस्ताक्षर भएको छ।

आँखा लेन्स उद्योग स्थापना गर्न सरकारी अनुदान

नेपाल आँखा कार्यक्रम अन्तर्गत सञ्चालन हुँदै आएको आँखाको लेन्स उत्पादनलाई उद्योगको रुपमा स्थापना गर्न सरकारले अनुदान दिने भएको छ । तिलगंगा नेत्र विज्ञान प्रतिष्ठान अन्तर्गत रहेको लेन्स प्रयोगशालालाई आँखा लेन्स उद्योगको रुपमा स्थापना गर्न उद्योग मन्त्रालयले अनुदान स्वरुप १० करोड रुपैयाँ दिने निर्णय गरेको हो ।

रामचन्द्र पौडेलको प्रश्न: केको लागि सरकार ?

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी बैठकमा प्रधानमन्त्री किन र केका लागि हुने भन्ने प्रश्न गरेका छन्।

पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा जोड

भूकम्पपछिको पुनःनिर्माणको जिम्मा स्थानीय सरकारलाई दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्