२१ आश्विन २०८१ सोमबार
image/svg+xml

नयाँ मेडिकल कलेजलाई सम्वन्धन नदिने सरकारको निर्णय

मेडिकल कलेजलाई सम्वन्धन खोल्ने बुधबारको मन्त्रिपरिषको निर्णयबाट सरकार पछि हटेको छ। शुक्रबारको मन्त्रिपरिषद बैठकले पुन मेडिकल कलेजलाई सम्वन्धन नदिने निर्णय गरेको हो।

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति

त्रिबि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले सरकारले नयाँ मेडिकल कलेज खोल्ने निर्णय गरेकोमा आपत्ति जनाएका छन्। उनले सरकारले गरेको सम्झौताविपरीत सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश स्मरण गराउँदै ध्यानाकर्षण भएको बताएका छन्।

सरकारमा जान साना दलको दौडधुप

राप्रपा, नेकपा संयुक्त, परिवार दल, समाजवादी जनता पार्टी र अखण्ड पार्टी सरकारीमा जाने गृहकार्यमा ।

परराष्ट्रमा सरकारी गाडी दुरुपयोग

मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीनवटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् । परराष्ट्रमन्त्री भएपछि उनले दुइटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कारपियो’ गरी तीनटा सरकारी गाडी प्रयोग गरिहेका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट (सेतो) मा रहेको स्कारपियो गाडीको नम्बर प्लेट नै परिवर्तन गरी उनले निवासको प्रयोजनमा प्रयोग गरेका छन् । अहिले स्कारपियो गाडीको नम्बर प्लेट ‘रातो’ बनाइएको छ । निजी सवारी साधनमा रातो नम्बर प्लेट प्रयोग हुन्छ । सरकारी नम्बर प्लेटको स्कारपियो गाडीलाई निजीमा परिवर्तन गरी उनले निवासको प्रयोजनमा राखेको स्रोतले बतायो ।

अब कांग्रेस नेतृत्वमा सरकार : दाहाल

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले  कांग्रेस नेतृत्वमा नयाँ सरकार गठनका लागि सहयोग गर्ने बताएका छन्। मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा प्रधानमन्त्रीसमेत रहेका दाहालले कांग्रेससँगको पूर्वसहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका हुन्।

अब बहुमतीय सरकार

'सहमतिको सरकार गठनका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई दिएको समय बुधबार राति १२ बजेपछि सकिएको छ'

‘दीपेन्द्र सरकार’ मा दीपेन्द्र र देवयानीको प्रेमकथा

दरवार हत्याकाण्डमा मृत्यु भएका राजा दीपेन्द्र वीरविक्रम शाहको प्रेमकथामा आधारित ‘दीपेन्द्र सरकार’ नामक फिल्म निर्माण हुने भएको छ। निर्माता सन्तोष सेनले बुधबार राजधानीमा आयोजित कार्यक्रममा फिल्म निर्देशकको टुंगो नलगाईकन ‘दीपेन्द्र सरकार’ निर्माण गर्ने घोषणा गरेका छन्।

राष्ट्रपतिद्वारा राष्ट्रिय सहमतिको सरकार गठनबारे दलसँग परामर्श

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सहमतिको सरकार गठनका विषयमा जानकारी लिई र दलहरुसँग परामर्श गरेकिछन्।

ठेकेदारले टालटुल पारेको सडक सकार्दै सरकार

निर्माण सम्पन्न नहुदै भत्किएको सल्लेरी–ओखलढुंगा सडकखण्ड ठेकेदार कम्पनीले टालटुल पारेर भुक्तानी लिने तयारी गरेको छ। सरकार त्यसलाई स्वीकृति दिन तयार देखिएको छ।

देउवा नेतृत्वमा बहुमतीय सरकारको सम्भावना

दलहरुबीच जारी गृहकार्यअनुसार बहुमतीय प्रक्रियाबाट शेरबहादुर देउवा प्रधानमन्त्री बन्दा साढे तीन सयभन्दा बढी सांसद्को समर्थन रहनेछ

जेठको तेश्रो साता देउवा सरकार: विश्वकर्मा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले प्रधानन्यायाधीश शुसीला कार्कीमाथि लगाईएको महाअभियोग दोस्रो चरणका स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि फिर्ता लिनु परेको स्पष्टीकरण दिएका छन्।

चुनाव सार्ने सरकारको निर्णय सकारात्मक : राजपा

चुनाव सार्ने सरकारी निर्णयलाई राजपाले सकारात्मक प्रतिक्रिया दिएको छ। राजपाका अध्यक्ष मण्डलका सदस्य अनिल झाले चुनाव सार्ने सरकारी निर्णय सकारात्मक भएको बताए।

दोश्रो चरणको निर्वाचन असार ९ गते गर्ने सरकारको निर्णय

सरकारले जेठ ३१ का लागि तय गरेको दोश्रो चरणको निर्वाचन असार ९ गतेका लागि सार्ने निर्णय गरेको छ ।

सरकारलाई डा. केसीको चौबीस घण्टे अल्टिमेटम

एघारौँ सत्याग्रहका लागि दाङ आएका डा. गोविन्द केसीले सरकारलाई माग सम्बोधनका लागि पुनः २४ घण्टे अल्टिमेटम दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्