१३ आश्विन २०८१ आइतबार
image/svg+xml

आर्थिक वर्ष ‘क्लोजिङ’ कालागि हिसाव मिलान गर्न कोलेनिकाद्वारा पत्राचार

आर्थिक वर्ष २०७७/०७८ को ‘क्लोजिङ’ गर्ने समय नजिक आइरहेको बेला कोष तथा लेखा नियन्त्रक कार्यालयले संघ, प्रदेश र स्थानीय तह अन्तरत जिल्लामा रहेका सबै कार्यालयलाई आ–आफ्नो कार्यालयको मासिक तथा वार्षिक हिसाव मिलानका लागि बुधबार पत्राचार गरेको हो।

व्यवसायी एवं समाजसेवी घिमिरेले वितरण गरे स्थानीयलाई खाद्यान्न

सर्वज्ञ रियलस्टेट प्रालिका सिइओ घिमिरेले आफ्नै खर्चमा च्यास्मीटारका हरेक परिवारलाई प्रतिपरिवार ३० केजी चामल, २ केजी दाल, १ केजी नुन र १ पोका तेल वितरण गरेको हो। लामो समयपछि चिनजान तथा भेटघाटका लागि भन्दै घिमिरे चार ट्रकमा खाद्यान्न लिएर गाउँ आएका थिए।

साकेलामा तेस्रो पटक सिल अवधि थप

कोभिड–१९ को महामारी हालसम्म कायम रहेको भन्दै गाउँपालिकाको सिल अवधि ७ दिनका लागि थप गरेको हो। दोस्रोेपल्ट थप गरिएको सिल अवधि जेठ ३१ गते सकिएपछि बिहिबारदेखि लागू हुनेगरी तस्रोपल्ट गाउँपालिका सिल अवधि लम्व्याइएको हो।

खोटाङमा संक्रमण जित्नेको संख्या बढ्दै

पछिल्लाे केहि सातायता खोटाङमा काेराेना संक्रमण जित्नेको संख्या बढ्दै गएकाे छ। मंगलबारसम्ममा सक्रिय संक्रमितको संख्या ६ सय ७९ हुँदा संक्रमण जित्नेको संख्या ८२३ पुगेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ।

खोटाङलाई साढे ११ लाखको स्वास्थ्य सामग्री

कोभिड–१९ को संक्रमणबाट बाँच्न र बचाउनका लागि खोटाङ सेवा समाज यूकेले जिल्लालाई अक्सिजन कन्सन्ट्रेटर, पल्स अक्सिमिटर, बिआइपिएपी, मास्क लगायतका ११ लाख ४६ हजार २०० रुपैयाँ बराबरको स्वास्थ्य सामग्री उपलव्ध गराएको हो।

साकेला गाउँपालिका थप एक हप्ताका लागि सिल

खोटाङको साकेला गाउँपालिका थप एक हप्ताकालागि सिल गरिएको छ। कोभिड–१९ को महामारी हालसम्म कायम रहेको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाको सिल अवधि थप ७ दिनका लागि लम्व्याइएको हो।

खोटाङमा संक्रमितको संख्या १ हजार १६४ पुग्यो, ३८२ जनाले जिते कोरोना

खोटाङका ३८२ जनाले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय खोटाङका अनुसार आइतबारसम्ममा १ हजार १६४ जनालाई संक्रमण हुँदा २०९ पुरुष र १२० महिलाले संक्रमण जितेका हुन् ।

कुटपिट आरोपमा प्रहरीविरुद्ध उजुरी

आफन्तसँग झगडा गरेको विषयमा ईलाका प्रहरी कार्यालय पुर्याइएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका २८ वर्षीय किरण राईलाई कुटपिट गरेको भन्दै प्रहरी जवान बिमल कार्कीविरुद्ध आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलमा उजुरी परेको हो।

कोरोनाको सामना : हटेर होइन डटेर

‘संक्रमितको घर जानु हुन्न, संक्रमितको नजिक जान हुन्न, भेटेर बोल्न हुन्न’ भन्ने त्रास पनि छ। हाल संक्रमितले थलिएको अवस्थामा छरछिमेकको साथ पाउने अवस्था छैन, मृत्यु भएमा अहिले कसैले मलामी पाउनेवाला छैन।

शंखेश्वर शिवालयको संरचना निर्माण

शंखेश्वर शिवालय गाउँपालिकाकै सानो हलेसीका रुपमा चिनिने सोलढुंगापछि बढी मेला लाग्ने धार्मिक स्थलका रुपमा परिचित छ।

खोटाङका १० संक्रमितले जिते कोरोना संक्रमण

सोमबार दिउँसो ३ बजेसम्मको तथ्यांकअनुसार १० जना संक्रमित निको हुँदा र एक जनाको मृत्यु हुँदा हाल जिल्लामा संक्रिय संक्रमितको संख्या १३५ रहेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन लामिछानेले बताए।

फेरि उठ्न चाहन्छिन् रिता

आमाबुवालाई घरायसी काम सघाउँथिन्। तर उनी अहिले हल न चल भएकी छन्। अहिले उठ्न र बस्नसमेत अरुको सहारा चाहिने अवस्थामा पुगेकी छन् रिता। पहिला ठमठम हिँडडुल गरेको क्षण उनका लागि अहिले सपनाजस्तै भएको छ।

खोटाङमा एकै परिवारका चार जनाले जिते कोरोना

गत वैशाख २२ गते गरिएको एन्टिजेन परीक्षणमा गुरुङ थरका ३५ वर्षीय पुरुष, २० वर्षीय महिला, २८ वर्षीय पुरुष र २७ वर्षीय महिलाले कोरोना जितेका हुन्।

खोटाङमा एकैदिन २६ संक्रमित थपिए

शुक्रबार साकेला गाउँपालिकामा ११ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ९ जना, ऐसेलुखर्क गाउँपालिकामा ४ जना, हलेसी तुवाचुङ नगरपालिकामा १ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्