१३ आश्विन २०८१ आइतबार
image/svg+xml

जसले पनि कोट्याउँछन् कंक्रिट संरचना !

खोटाङको दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम गुणस्तरहिन भएको व्यापक जनगुनासो आएपछि केही समयअघि जिल्लाका जनप्रतिनिधिले चासो देखाए । प्रदेशसभा सांसद (हाल प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री) उषाकला राई, प्रदेशसभा सांसद रामकुमार राई, जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ लगायतको टोली पत्रकार लिएर दिक्तेल–खानीडाँडा–आहाले सडक कालोपत्रेको काम अनुगमनमा निस्किए ।

महामारीमा उपमेयर राईको गाडी नै एम्बूलेन्स !

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर बिमला राईले आफूले प्रयोग गर्दै आएको गाडी कोभिड–१९ को महामारीमा एम्बूलेन्सका रुपमा उपयोग गर्न नगर स्वास्थ्य शाखालाई उपलब्ध गराएकी छन् ।

हलेसी तुवाचुङ नगरपालिकाले बनायो होटलमा ३२ बेडको आइसोलेसन सेन्टर

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले होटलमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको छ । कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा ३२ बेडको आइसोलेसन सेन्टर बनाएको हो ।

खोटाङमा स्वास्थ्यकर्मीसहित थप ६ जनालाई कोरोना संक्रमण

एक दिनअघि चार जनालाई संक्रमण भएको नगरपालिकामा बुधबार जिल्ला अस्पतालमा कार्यरत एक महिला स्वास्थ्यकर्मी र खाद्य संस्थानमा कार्यरत एक पुरुष कर्मचारीसहित ६ जनालाई कोरोना संक्रमण भएको हो।

बाक्सिला र बुईपा एलाभेन स्पोर्टस् क्लव लिग च्याम्पियन

प्रतियोगिता अन्तरगत (ए) डिभिजन लिगमा बाक्सिला फुटबल क्लव र (बी) डिभिजनमा बुईपा एलाभेन स्पोर्टस् क्लव च्याम्पियन बनेको छ।

जिल्ला अदालतको अत्यावश्यक बाहेकका सेवा बन्द

कोभिड–१९ को दोश्रो लहरको महामारी रोकथाम तथा न्यूनीकरणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सरकारी कार्यालयको अत्यावश्यक सेवा वाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरेको हाे।

भूकम्पीय आवास निर्माणको काम ९५ प्रतिशत सम्पन्न

पुःननिर्माणतर्फ ९ हजार ३१० र प्रवलीकरणतर्फ ९७१ गरी १० हजार २ सय ८१ लाभग्राही पहिचान गरिएकामा ९५.८५ प्रतिशतले पहिलो किस्ता, ९०.२४ प्रतिशतले दोश्रो किस्ता र ७८.९९ प्रतिशत लाभग्राहीले तेश्रो किस्ता अनुदान लिएको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) को कार्यालय खोटाङले जनाएको छ।

अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता

खोटाङ यातायात प्रालिले अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द फिर्ता गरेको छ । सिराहाको मिरचैया–उदयपुरको कटारी–घुर्मी सडक स्तरोन्नतीका लागि आवश्यक बजेट व्यवस्थाको माग गर्दै यातायात प्रालिले गत सोमबारदेखि आव्हान गरेको अनिश्चितकालिन घुर्मी–कटारी–मिरचैया सडक बन्द बिहीबार फिर्ता गरेको हो ।

बेपत्ता बनेकाे छोरो १९ वर्षपछि घर आइपुग्दा...

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईराला बेपत्ता भएको १९ वर्षपछि घर आइपुगेका छन्। १७ वर्षको उमेरमा २०५८ सालमा काठमाडौं सानेपाबाट बेपत्ता भएका विज्ञान बुधबार घर आइपुगेका हुन्। नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाई सुवास कोईरालाले घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुर्‍याएका हुन्।

पत्रकार महासंघ खोटाङको अध्यक्षमा खत्री

नेपाल पत्रकार महासंघको अध्यक्षमा दिलीप खत्री निर्वाचित भएका छन् । महासंघ जिल्ला शाखाको छैठौं अधिवेशन एबं नवौं साधारणसभा अन्तरगत भएको निर्वाचनबाट खत्री अध्यक्षमा निर्बिरोध निर्वाचित भएका हुन् ।

कम्पोस्ट मल तथा बायोग्यास प्लान्ट सुरु

अर्गानिक नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले संघीय अर्थ मन्त्रालयको विशेष अनुदान र प्रदेश सरकारको गरी करिब दुई करोड ७० लाख खर्चमा निर्माण गरिएको दिक्तेल कम्पोस्ट प्लान्ट तथा नमूना कृषि स्रोत केन्द्र शनिबार प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका छन्।

उदयपुर र खोटाङ जोड्ने धाब्लाङ पुल अलपत्र

निर्माण थालेको पौने तीन वर्ष पुग्दा पुलको काम १५ प्रतिशतभन्दा बढी हुन सकेको छैन। तीन वर्ष बित्न लाग्दासम्म उत्साहजनक काम नभएपछि निराश उदयपुर र खोटाङे जनप्रतिनिधिले छिटो काम गर्न दबाब दिँदै पटकपटक प्रशासन, पुल सेक्टर कार्यालय, विभाग र मन्त्रालयसम्मको ध्यानाकर्षण गराइसकेका छन्।

खोटाङमा खेल मैदान बन्दै

निःशुल्क प्राप्त भएको २५ रोपनी क्षेत्रफल भित्र १२० मिटर लम्बाई र ८० मिटर चौंडाई भएको व्यवस्थित बहुउद्देश्यीय खेल मैदान निर्माणका लागि अहिले डिपिआरको काम सुरु गरिएको बाम्राङ युवा क्लवका अध्यक्ष किर्तमान राईले बताए।

उदयपुर र खोटाङ जोड्ने धाब्लाङ पुल अलपत्र

उदयपुर र खोटाङ जोड्ने त्रियुगा नगरपालिका १४ साउने धाब्लाङस्थित सुनकोसी नदीमा निर्माणाधीन पक्की मोटरेबल पुलको म्याद सकिन ३ महिना मात्र बाँकी हुँदा काम भने अलपत्र अवस्थामा छ। नेपाली सेनाको ‘एनए ०५७’ कल साईनको हेलिकोप्टर चढेर आएका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७४ भदौ ३१ गते धुमधामका साथ सिल्यान्यास गरेको पुलको म्याद आउँदो असारमा सकिन लागे पनि काम भने निराशाजनक अवस्थामा छ।

म्याद गुज्रेका उपभोग्य सामग्री नष्ट

खोटाङको खोटेहाङ गाउँपालिका–७ खोटाङबजारमा २१ हजार भन्दा बढी मूल्यको म्याद गुज्रेका उपभोग्य सामग्री जफत गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्