coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

कुटपिट आरोपमा प्रहरीविरुद्ध उजुरी

खोटाङको जन्तेढुंगा गाउँपालिकास्थित ईलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी जवानविरुद्ध शारीरिक यातना दिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ।

आफन्तसँग झगडा गरेको विषयमा ईलाका प्रहरी कार्यालय पुर्याइएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी घोर्लेका २८ वर्षीय किरण राईलाई कुटपिट गरेको भन्दै प्रहरी जवान बिमल कार्कीविरुद्ध आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलमा उजुरी परेको हो।

किरणका बुवा दिलीपकुमार राईले जेठ १६ गते प्रहरी जवानविरुद्ध छानविन एवम् कारबाहीका लागि उजुरी दिएका हुन्। कुटपिटका कारण किरणको पैताला र पिडौंलामा निलडाम बसेको उजुरीमा उल्लेख छ।  

जेठ १२ गते आफन्तसँगै झगडा गरेका किरणविरुद्ध उजुरी परेपछि प्रहरी जवानले जेठ १३ गते कुटपिट गरेको उजुरीकर्ताको भनाइ छ। आफन्तसँगको झगडामा मिलापत्र गरेर फर्किएपछि किरणका परिवारले प्रहरीविरुद्ध आयोगमा उजरी दिएका हुन्।

प्रकाशित: २१ जेष्ठ २०७८ १३:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App