अनुसन्धानका लागि सात जना प्रहरी नियन्त्रणमा
पञ्चदेवल–विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामी हत्याबारे घटनास्थलको सघन अनुसन्धान सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार काठमाडौंदेखि आएको सिआइबीको टोली र धनगढीबाट आएको कुकुरसहितको टोलीले घटनास्थलको अनुसन्धान सुरु गरेको हो।