१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सावित्राले गरिन् केरलाविरुद्ध ५ गोल

पहिलो हाफमा चार गोल गरेकी सावित्राले दोस्रो हाफमा थप एक गोल गरेकी हुन्। पहिलो खेलमा सावित्राले २७ मिनेटमा हयाट्रिक पूरा गरेकी थिइन्। साथै सावित्रा प्लेयर अफ दि म्याच पनि चुनिएकी छन्।

सीमामा काँडेरतार होइन, हरेक नेपाली पर्खाल बन्न जरुरी छः रामहरि खतिवडा

‘हामी नेपाली नागरिकहरुमा पनि विडम्वना छ। कोही कोही साथीहरु आफ्नो नामको अघि काशीनाथ लेख्नुहुन्छ, कोही द्वारिकानाथ लेख्नुहुन्छ, काशिनाथ र द्वारिकानाथ लेख्ने प्रखर भारतबिरोधी हुनुहुन्छ। मुक्तिनाथ र पशुपतिनाथ लेख्ने भारतबिरोधी भनेर प्रचार गरिन्छ। राष्ट्रवादी हो कि होइन, यो विडम्वना छ। हामी नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा छौँ।'

नेपालसामु सैन्य युद्ध आतंकको खतरा बढेको छः देव गुरुङ

नेता गुरुङले पश्चिममा नाटोलाई अघि बढाएर युक्रेनमा युद्ध मच्चाइरहेको उल्लेख गर्दै नेपाललाई सैन्य अड्डा र द्वन्द्वस्थल बनाउने खतरा रहेको दाबी गरे। उनले देशलाई सैन्य क्रिडास्थल बनाउने प्रक्रियाबाट जाँदा नेपाल कुनैदिन अफगानिस्तान र दोस्रो युक्रेनमा परिणत हुनसक्ने चेतावनी दिए।

कांग्रेस सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएनः सांसद देव

'यो युगान्तकारी, ऐतिहासिक कामहरु सरकारले गरेको छ। यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरुले के भन्नु हुन्छ? यो पनि ठिक गरेन? यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौं? जबकी पार्लियामेन्ट्री डेमोक्रेसीमा प्रतिक्ष भनेको रचनात्मक प्रतिपक्षको भूमिका हुन्छ। र, हुनुपर्छ।'

जापानमा नेपाली नेताहरुको लर्को: दूतावासलाई पार्टी दिन भ्याईनभ्याई

लगत्तै पूर्व प्रधानमन्त्री तथा नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई जापान आए।

नेपालको केन्या भ्रमण: सन्दिपको कप्तानीमा भ्रमण टोली घोषणा

नेपालले अगस्ट २५ देखि सेप्टेम्बर ५ सम्म केन्याको भ्रमण गर्ने तालिका रहेको छ।

देउवालाई प्रधानमन्त्री बनाउन खेलेको भूमिकाको कदर हुनुपर्छः सोमप्रसाद पाण्डे

‘राष्ट्रिय सहमतिकै सरकार बन्नुपर्ने, राष्ट्रिय सहमतिबाट नै यो मुलुक अग्रगमन र समृद्धिको निम्ति लाग्नुपर्ने अहिलेको आवश्यक्ता महशुस भएको छ। आगामी निर्वाचनको सवालमा सिट बाँडफाँट गर्ने कुरा हो, त्यसमा आफ्नो आफ्नो पार्टीको जोडबल त रहन्छ नै, जुन उद्देश्य र समयको आवश्यक्तालाई पूरा गर्ने गरेर गठबन्धन गरेका थियौँ, गठबन्धन भित्र रहेका दलमा आपसी समझदारी हुन्छ।'

निर्वाचन क्षेत्रमा रिजर्भ सिट महिलालाई हुनुपर्छ: सांसद राजभण्डारी

उनले जातीय दृष्टिकोणले क्लस्टरको आधारमा जुन ठाउँमा बेसी छ, त्यो क्लस्टरको आधारमा सिट रिजर्भ हुनुपर्ने व्यवस्था हुनुपर्ने बताए। उनले एकै जातीको एकाधिकार सबैतिर नहोस् भन्ने कुरालाई ध्यानमा राखेर अघि बढ्न र कानून निर्माण गर्न आवश्यक रहेको बताए।

आज विश्व आदिवासी दिवस यसरी मनाइयो (फोटोफिचर)

जातीयता झल्कने पहिरन र गरगहना लगाएर बाजागाजा तथा नाचगानसहित यो दिवस मनाएका छन्। यस्तै किरात राई यायोक्खा, धिमाल जातीय समाज, गुरुङ समाजलगायत संयुक्त आदिवासी जनजाती संघले राजधानीका विभिन्न स्थानमा र्‍याली निकालेका हुन्।

‘काम गर्दा सधैं नासु! तर झार्नुपर्ने सधैं आँसु’

‘माननीय ज्यू। नायब सुब्बा लगायतका अंकित कर्मचारीको वृत्ति विकास खोइ?, काम गर्दा सधैं नासु! तर झार्नुपर्ने सधैं आँसु, रा.प तृतीय श्रेणीको पदपूर्तिमा खुला ५० प्रतिशत र आन्तरिक प्रतिस्पर्धा २० प्रतिशत कायम गरियोस्, तहगत प्रणाली लागू गरियोस्! बढीमा १० वर्ष सेवा अवधि पुगेकोलाई स्वतः बढुवा गरियोस्, बढुवा प्रतिशत घटाउने? आन्तरिक परीक्षा हटाउने? नियतमा खोट देखियो श्रीमान्!, योग्यता पुगेका राजपत्र अंकित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस्।’

नोकिया नेपाल इनोभेसन डे’ सम्पन्न

नोकियाले ‘नोकिया नेपाल इनोभेसन डे २०२२’ कार्यक्रम सम्पन्न गरेको छ। फिनल्याण्ड दूतावाससँगको सहकार्यमा नोकियाले उक्त कार्यक्रम आयोजना गरेको हो।

एनसिसी डेनमार्कलाई उपाधि

गैरआवासीय नेपाली संघ स्विडेन र स्टकहोल्मको भिकिङ यती क्लबसँगको सहकार्यमा आयोजित प्रतियोगितामा डेनमार्कले नर्वेको आइस एफसीलाई फाइनलमा अतिरिक्त समयमा २–१ ले हराएर उपाधि उचाल्यो। निर्धारित समय १–१ को बराबरीपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्