१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सीमामा काँडेरतार होइन, हरेक नेपाली पर्खाल बन्न जरुरी छः रामहरि खतिवडा

नेपाली काँग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले देशको सीमानामा पर्खाल र काँडेतार नभइ भावनाको काँडेतार लगाउन आवश्यक रहेको बताएका छन्।

बुधबार काठमाडौँमा नेपाली चलचित्र काँडेतारको बारेमा जानकारी दिन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा रहेको बताए। नेता खतिवडाले नेपाललाई मेची महाकाली काँडोतार लगाएर घेर्ने भन्दा सबै नेपाली नागरिक प्रत्येक ठाउँमा काँडेतार बनेर उभिनुपर्ने बताए।

उनले भने, ‘हामी नेपाली नागरिकहरुमा पनि विडम्वना छ। कोही कोही साथीहरु आफ्नो नामको अघि काशीनाथ लेख्नुहुन्छ, कोही द्वारिकानाथ लेख्नुहुन्छ, काशिनाथ र द्वारिकानाथ लेख्ने प्रखर भारतबिरोधी हुनुहुन्छ। मुक्तिनाथ र पशुपतिनाथ लेख्ने भारत विरोधी भनेर प्रचार गरिन्छ। राष्ट्रवादी हो कि होइन, यो विडम्वना छ। हामी नेपालको एक इन्च भूमि पनि कसैले प्रयोग गर्नुहुँदैन भन्ने पक्षमा छौँ। यो बेला नेपाललाई मेची महाकाली काँडेतार लगाएर घेर्ने की, नेपाली नागरिक प्रत्येक ठाउँमा काँडेतार बनेर उभिने भन्ने हो। हामीलाई पर्खाल र तारले भन्दापनि भावनाले राष्ट्रियता जगाउन आवश्यक छ।’

नेता खतिवडाले देशको स्वाधिनताको विषयमा बोल्न कुनै पार्टी, नेता र नागरिकले हिच्किचाउनु नहुने पनि बताए।

प्रकाशित: २५ श्रावण २०७९ ११:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App