५ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखरामा सुरुङ इन्जिनियरिङ

पोखरामा सुरुङ (टनेल) इन्जिनियरिङ विषयको अध्यापन सुरु गरिने भएको छ। पोखरा लामाचौरमा रहेको पश्चिमाञ्चल इन्जिनियरिङ अध्ययन संस्थानले चट्टान सुरुङ इन्जिनियरिङ विषयको अध्यापन सुरु गर्ने तयारी गरेको हो। स्नातकोत्तर तहमा अध्यापन गर्ने तयारी स्वरूप पाठ्यक्रम तयार गर्न सुरु गरिएको छ।

स्वास्थ्यको विषय इन्जिनियरिङ व्यवसायभित्र

सरकारले कानुन निर्माणका क्रममा कतिसम्म हेलचक्र्याइँ गर्छ भन्ने उदाहरण बनेको छ जेनेटिक (आनुवंशिक) इन्जिनियरिङ विषय इन्जिनियरिङ व्यवसायको अनुसूचीमा राख्ने निर्णय। बायलोजिकल साइन्स (बायो टेक्नोलोजी) अन्तर्गतको जेनेटिक इन्जिनियरिङलाई सरकारले इन्जिनियरिङ व्यवसायमा राख्ने निर्णय गरेपछि यस क्षेत्रका जानकारबीच यस्तो ठट्टा हुन थालेको छ– अब सरकारले ‘सोसल इन्जिनियरिङ’ लाई पनि यसै व्यवसायमा समावेश गर्न बेर छैन।

स्वास्थ्यको विषय इन्जिनियरिङ व्यवसायभित्र

सरकारले कानुन निर्माणका क्रममा कतिसम्म हेलचक्र्याइँ गर्छ भन्ने उदाहरण बनेको छ जेनेटिक (आनुवंशिक) इन्जिनियरिङ विषय इन्जिनियरिङ व्यवसायको अनुसूचीमा राख्ने निर्णय । बायलोजिकल साइन्स (बायो टेक्नोलोजी) अन्तर्गतको जेनेटिक इन्जिनियरिङलाई सरकारले इन्जिनियरिङ व्यवसायमा राख्ने निर्णय गरेपछि यस क्षेत्रका जानकारबीच यस्तो ठट्टा हुन थालेको छ– सरकारले ‘सोसल इन्जिनियरिङ’ लाई पनि यसै व्यवसायमा समावेश गर्न बेर छैन ।

केसिसी एक्जिबिट सुरु

सूचना–प्रविधि, इलेक्ट्रोनिक्स र सिभिल इन्जिनियरिङका २६ भन्दा बढी नवीन प्रदर्शनी, दुईवटा गेमस्टलसहितको केसिसी एक्जिबिट २०१९ सुरु भएको छ। निपुण विचार, दीगो उपाय मूल नारा रहेको सो प्रदर्शनी युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले समुद्घाटन गरेका थिए।

इन्जिनियरिङ अध्ययन मेला असार अन्तिम साता

इन्जिनियरिङ अधययन गर्न चाहने विद्यार्थीहरुलाई एउटै छानामुनि नेपालका इन्जिनियरिङ शैक्षिक संस्था र विषयबारे सूचना उपलब्ध गराउने उद्देश्यले असार अन्तिम साता शैक्षिक मेला हुने भएको छ

पाठकले एक घन्टामै बुझाए ७८ लाख धरौटी

घुस मुद्दामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतको आदेशपछि तारेखमा बस्न थालेका छन्। अदालतबाट ७८ लाख रुपैयाँ धरौटी राखी तारेखमा बस्न आदेश आएको एक घन्टाभित्रै उनले नेपाल बंगलादेश बैंकबाट सो परिमाणको रकमका लागि बैंक ग्यारेन्टी धरौटी बुझाएका थिए।

७८ लाख धरौटीमा छुटे राजनारायण पाठक

नेपाल इन्जिनियरिङ कलेजको विवादमा ७८ लाख घुस लिएको भिडियो समेत सार्वजनिक भएको थियो। पाठकविरुद्ध चैत १२ मा विशेष अदालतमा मुद्दा दायर भएको थियो।

नेपालमा पहिलोपटक अटोमोटिभ इन्जिनियरिङ सम्मेलन

संयुक्त राष्ट्रसंघको आयोजनामा संसारभर मनाइने ‘पाँचौं युएन ग्लोबल रोड सेफ्टी विक’को अवसर पारेर नेपालमै पहिलो पटक वैशाख २७–२८ मा ‘अटोमोटिभ इन्जिनियरिङ’ राष्ट्रिय सम्मेलन आयोजना गरिने भएको छ।

इन्जिनियरको राजीनामामा पिनको आपत्ति, कार्यक्षेत्रमा नजानेमाथि कारवाहीको माग

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएशन नेपाल (पिन)ले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा कार्यरत इन्जिनियरहरुको सामूहिक राजीनामाको विषयमा आपत्ति जनाएको छ।

भ्रष्टाचार आरोपितमाथि कडा निगरानी

अनुसन्धानको दायरामा रहेका व्यक्ति भाग्न सक्ने आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कडा निगरानी थालेको छ। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अनुसन्धान अधिकृतको लापरबाहीका कारण बयानकै क्रममा फरार भएपछि अख्तियारले विस्तृत अनुसन्धानको दायरामा रहेका आरोपितमाथि विशेष निगरानी सुरु गरेको हो। अकूत सम्पत्ति आर्जन, पदीय दुरुपयोगबाट भएका निर्णयलगायत आरोपमा अख्तियारले सार्वजनिक पदधारण गरेका राष्ट्रसेवक तथा बिचौलिया करिब हजारजनामाथि विस्तृत रूपमा छानबिन गरिरहेको छ।

कलेज संचालक न्यौपाने फरार

भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन्। गत साता अख्तियारले अनुसन्धानको दायरमा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहितका आरोपित विदेश भाग्न सक्ने आशंकामा अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीलाई सतर्कता अपनाउन निर्देशन दिएको थियो।

के थियो अख्तियारका आयुक्त पाठकले घुस लिएको कलेजको मुद्दा ? (प्रतिवेदन सहित)

नेपाल इन्जिनियरिङ कलेजको डेढ अर्ब रुपैयाँको सम्पति हड्प्ने विषयमा संचालकहरुको विचमा लामो समयदेखि हुँदै आएको विवादमा अख्तियारका आयुक्त समेत तानिएका छन्। अख्तियारका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको विषय सार्वजनिक भएपछि यो विवाद नयाँ शृंखलामा प्रवेश गरेको हो।

नेपाल इन्जिनियरिङ कलेज पुनर्स्थापना रोक्न आदेश

सर्वाेच्च अदालतले कम्पनी रजिस्टारको कार्यालयमा पुनर्स्थापना भएको नेपाल इन्जिनियरिङ कलेज प्राइभेट लिमिटेड तत्कालका लागि खारेज गर्न अन्तरिम आदेश जारी गरेको छ।

नेपाल इन्जिनियरिङ कलेजको विवाद समाप्त : 'कलेज निजी होइन, सामुदायिक हो'

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुर निजी हो कि सामुदायिक भन्ने विषयमा भएको लामो समयदेखिको विवाद समाप्त भएको छ। कलेजमा देखिएको विवाद समाधानका लागि संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत गठित शिक्षा तथा स्वास्थ्य समितिले आइतबार सिंहदरवारमा प्रतिवेदन प्रस्तुत गर्दै कलेज सामुदायिक रहेको निष्कर्ष निकालेको हो।

भूकम्पपछिको पुनर्निर्माण : इन्जिनियरद्वारा विशेष भत्ता माग

भूकम्पपछिको पुनर्निर्माणमा खटिएका इन्जिनियरको खोसिएको सेवा सुविधा पू्र्ववत् रुपमा कायम गर्न प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियशनले माग गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्