६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

इन्जिनियरिङ अध्ययन मेला असार अन्तिम साता

काठमाडौं – इन्जिनियरिङ अधययन गर्न चाहने विद्यार्थीहरुलाई एउटै छानामुनि नेपालका इन्जिनियरिङ शैक्षिक संस्था र विषयबारे सूचना उपलब्ध गराउने उद्देश्यले असार अन्तिम साता शैक्षिक मेला हुने भएको छ। काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा हुने दुई दिने एकोन इन्जिनियरिङ फेयर हरेक दिन दुई सत्रमा सञ्चलान गरिने र प्रत्येक सत्रमा इन्जिनियरिङ विधाका विभिन्न विशेषज्ञले धारणापत्र प्रस्तुत गर्ने एकोनका अध्यक्ष लक्ष्मण पोखरेलले बताए।

एकोनमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज सहभागी छन्। झन्डै १० हजार विद्यार्थीले मेला अवलोकन गर्ने अनुमान आयोजकको छ। ‘इन्जिनियरिङ गर्ने लक्ष्य लिएका युवा विद्यार्थी तथा तिनका अभिभावकवलाई मेलामार्फत इन्जिनियरिङ अध्ययनका लागि नेपालमै विश्वस्तरीय कलेज छन् भन्ने सन्देश दिने लक्ष्य लिएका छौं ,’ एकोन अध्यक्ष पोखरेलले भने, ‘मेलामा नेपालका ३० इन्जिनियरिङ कलेज सहभागी हुनेछन्। विद्यार्थीले कलेजका प्रतिनिधिसँग शुल्क, विषय, शैक्षिक वातावरण, छात्रवृत्तिलगायतका विषयमा जानकारी पाउनेछन्।’

‘मेलामा इलेक्ट्रोनिक्स, कम्प्युटर, इलेक्ट्रिकल, मेकानिकल, सिभिल, आइटीलगायतका इन्जिनियरिङ अध्यापन गराउने शैक्षिक निकायको प्रस्तुति हुनेछ,’ एकोन त्रिवि च्याप्टरका संयोजक रमेश श्रेष्ठले भने। नेपालमा कुल ४८ इन्जिनियरिङ कलेज छन्। ती कलेजमा १० हजार ६ सय ३३ विद्यार्थीले इन्जिनियरिङ अध्ययन गर्न पाउँछन्।

देशका विभिन्न विश्वविद्यालयबाट सम्बन्धनप्राप्त निजी इन्जिनियरिङ कलेजको छाता संगठन एकोन र इन्जिनियरिङ भर्नाको प्रवेश परीक्षा तयारी अध्यापन गराउने संस्था पिइएको संयुक्त आयोजनामा हुने मेला असार २५ गतेदेखि २६ गतेसम्म चल्नेछ।                                                                                                                                            

प्रकाशित: २४ असार २०७६ ०२:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App