२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सांसदहरु प्रश्न : कोरोना भाइरसबारे उच्चसतर्कता खोई ?

सांसदहरुले कोरोना भाइरसको जोखिमबारे सचेत हुन सरकारलाई आग्रह गरेका छन्। सोमबारको संसद बैठकमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले चीनबाट उद्धार गरि ल्याइएका नेपाली विद्यार्थीहरुलाई ल्याएर क्वारेन्टाइनमा राखेको भएपनि अन्य कोरोना प्रभावि क्षेत्रबाट एक महिनाको अवधिमा नेपाल भित्रिएका १ लाख ७६ हजार २ सय ७२ जनालाई क्वारेन्टाइन नै नगरी नेपाल प्रवेश गराइएको प्रति आपत्ति जनाए।

ग्रीसले १० हजार आप्रवासीलाई सीमामा रोक्यो

ग्रीसले टर्कीको सीमाभित्र प्रवेश गर्न चाहने झण्डै १० हजार आप्रवासीलाई सीमामै रोकेको त्यहाँको सरकारले जनाएको छ।

हजार बिघा सरकारी जग्गा किनबेच

राष्ट्रिय सतर्कता केन्द्रले उक्त क्षेत्रको हजार बिघा सरकारी जमिन कब्जा भएको र त्योमध्ये थुप्रै जमिन किनबेच हुने गरेको निष्कर्ष निकालेको छ।

दशकौंंमा पनि नसकिने गौरवका आयोजना

सरकारले साढे दुई दशकको लक्ष्य राखेर आर्थिक वर्ष २०४४/४५ मा बबई सिँचाइ आयोजना सुरु ग-यो। यस आयोजनामार्फत बर्दियाको ३६ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने सरकारी लक्ष्य तीन दशक हुँदासम्म पनि पूरा भएको छैन।

कोरोना त्रास : ठूला सभा सम्मेलन र भोजभतेर नगर्न सरकारको आग्रह

विश्वभरी कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले कुनै पनि ठूला सभा, सम्मेलन र भोजभतेर जस्ता धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आग्रह गरेको छ।

लोकतान्त्रिक सरकार भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति हुन सकेन : अध्यक्ष आचार्य

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले लोकतान्त्रिक सरकार भएपनि प्रेस स्वतन्त्रताको प्रत्याभूति भने हुन नसकेको बताएका छन्।

छिट्टै प्रदेश प्रहरी : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले छिट्टै प्रदेश प्रहरी गठन गर्ने तयारी भएको बताएका छन्। जिल्ला प्रशासन कार्यालय पर्वतको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै मन्त्री थापाले प्रदेश सरकारको मातहतमा रहेर शान्ति सुरक्षा दिनेगरी छिट्टै नै प्रदेश प्रहरी गठन गर्न लागिएको बताए।

राम्रा कामको प्रचार नहुँदा नकारात्मक टिप्पणी भयो : मुख्यमन्त्री पोखरेल

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भूमिसम्बन्धी समस्या समाधानलाई सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिएका छन्।

उद्योगको ४२ प्रतिशत क्षमता उपयोगमा आएन

सरकारले औद्योगिक उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने रणनीति लिएका बेला उद्योगले क्षमताको करिब आधा मात्र उत्पादन गरेका छन्।

'सरकार बलात्कारी र भ्रष्टाचारीको संरक्षक'

नेपाली काँग्रेस डोल्पाका जिल्लास्तरका नेताहरुले कम्युनिष्टको सरकार बलात्कारी र भ्रष्टाचारीको संरक्षक भएको आरोप लगाएका छन्। नेपाली काँग्रेस निकट नेपाल शिक्षक संघ डोल्पाकोे १९ औ जिल्ला प्रतिनिधि भेलामा सम्बोधन गर्ने क्रममा उक्त आरोप लगाएका हुन्।

'सरकार काण्डै काण्डले घेरियो'

नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले सरकार भ्रष्टाचारका विभिन्न काण्डहरुले घेरिएको बताएका छन्। उनले सरकार गठन भएको दुई वर्षको अवधिमा वाइटवडी, न्यारोवडी, फोरजी, सेक्युरिटी प्रिन्टिङ प्रेस, ललिता निवास प्रकरणलगायतका भ्रष्टाचारका काण्डहरुले घेरिएको बताए।

सरकारी जमिनमा सांसदको घर

भेरीगंगा नगरपालिकाको कार्यालयसँगै जोडिएको ठकुरी टोलमा एक चर्चसहित २३ वटा घर छन्। कर्णाली प्रदेशको मुख्य प्रवेशद्वार भेरीगंगा नगरपालिकाको छिन्चु बजारसँगै जोडिएको यहीँ वस्तीमा प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्टको घर छ। पहिलो संविधान सभा निर्वाचनमा तत्कालिन नेकपा माओवादीबाट सुर्खेत क्षेत्र नं. १ का उम्मेदवार रहेका विष्टले त्यसलगत्तै स्थानीय भवीलाल सुनारबाट सात मिटर जमिन खरिद गरे। त्यहीँ जमिनमा उनले घर बनाए।

बजार असफल भएमा सरकार पनि असफल : मन्त्री खतिवडा

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि र वित्तीय स्थायीत्वलाई एकसाथ अगाडि बढाउनुपर्ने बताएका छन्। नेपाल राष्ट्र बैंकले अयोजना गरेको तेस्रो अन्र्तराष्ट्रिय आर्थिक तथा वित्तीय सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले आर्थिक वृद्धिसँगै वित्तीय क्षेत्र स्थायीत्वलाई एकसाथ लैजानुपर्ने बताएका हुन्।

प्रधानमन्त्रीले सचिवालयको निर्णय मान्नुहुन्न भनेर कल्पना गर्न सकिँदैन : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन्। प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्