७ आश्विन २०८१ सोमबार
image/svg+xml

सुन-डलर तस्करीमा केरुङ-काठमाडौं ‘कनेक्सन’

शक्तिशाली भूकम्पका कारण सिन्धुपाल्चोकको खासा नाका बन्द भएपछि चीनसँगको व्यापारलाई सहज बनाउन रसुवाको केरुङलाई मुख्य नाका बनाउन सरकार सक्रिय छ ।

राजधानीबाटै तस्करीको ८८ केजी सुन बरामद

प्रहरीले राजधानीबाट अहिले सम्मकै तस्करीको ठूलो परिमाणको सुन सहित एक जनालाई पक्राउ गरेको छ। सोमबार बिहान २ बजे क्षेत्रपाटीबाट बा १७ च ६४२७ नम्बरको गाडीबाट ८८ केजी सुन सहित चालक मनोज अधिकारीलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका एसएसपी दिवेश लोहनीले बताए। प्रहरीका अनुसार उक्त सुन केरुङ नाकाबाट काठमाडौं भित्रिएको प्रारम्भिक अनुमान गरिएको छ। सुन राजधानी ल्याएर काठमाडौं बाहिर लैजान खोजिएको प्रहरीले अनुमान गरेको छ।

नेपालमा संगठित सुन तस्करी गिरोह सक्रिय, चीनबाट ल्याएर भारतमा बिक्री

उत्तरी नाकाबाट सुन भित्र्याउँदै भारतमा लिएर बिक्री गर्ने गिरोह सक्रिय हुँदै गएको पाइएको छ । खासगरी चीनसँग सीमा जोडिएका नाकामा नेपालको कमजोर सुरक्षा व्यवस्थाको फाइदा उठाउँदै गिरोहले धमाधम सुन तस्करी गरिरहेको हो । पछिल्लो समयमा प्रहरीले चीनबाट २२ केजी सुन तस्करी गरेर भारतमा बिक्री गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेपछि संगठित गिरोह सक्रिय भइरहेको तथ्य खुलेको छ ।

जिएसटीको प्रभाव: छोटी भन्सारबाट चोरी तस्करी बढ्यो

भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) लागू गरेलगत्तैदेखि व्यापारीले कर छल्न थालेपछि प्रमुख भन्सार नाकाको राजस्व असुली दर घटेको छ ।

डलर तस्करी आरोपित पाइलट सिंगापुर जानबाट रोकिए

विदेशी मुद्रा अपचलनको मुद्दामा धरौटीमा छुटेका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवाले तालिमका लागि सिंगापुर जानबाट रोकिएका छन् ।

डलर तस्करी आरोपित पाइलटको विदेश तालिम रोक्न निर्देशन

विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई तालिमका लागि तत्काल विदेश नपठाउन सरकारले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ। क्याप्टेन अवालेको उडान लाइसेन्स अद्यावधिक गर्न लाखौं खर्च गर्दै निगम व्यवस्थापनले उनलाई ‘सिमुलेटर’ तालिम लिन सिंगापुर पठाउने निर्णय गरेको समाचार नागरिक दैनिकले बिहीबार प्रकाशित गरेको थियो।

डलर तस्करी आरोपित पाइलट विदेश तालिममा

२०७३ चैत २८ गते ९३ हजार ६ सय अमेरिकी डलरसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परी धरौटीमा छुटेका चालक सुवर्ण अवालेलाई नेपाल वायुसेवा निगमले विदेशमा तालिम लिन पठाउने निर्णय गरेको छ ।

भैरहवा भन्सारमा सेटिङमा तस्करी, प्रज्ञापनपत्रमा भएभन्दा फरक सामान

एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएको भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा फरक सामान भन्सार पास भएको खुलेको छ। बिहीबार भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र नम्बर ५६७८७ र ५६७९७ मा ना६ख ५६३५ र ना४ख ४१२६ नम्बरका ट्रक  छुटेका थिए। तीमध्ये ना४ख ४१२६ नम्बरको ट्रक भन्सारको दुई नम्बर गेटबाट निस्कँदै गर्दा नियन्त्रणमा लिइएको थियो।

भैरहवा भन्सारमा सेटिङमा तस्करी

एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएपछि भैरहवा भन्सार कार्यालयमा तस्करहरुले सेटिङ मिलाएर दिनहुँ लाखौं राजस्व छलिरहेको खुलेको छ।

मानव तस्करी रोक्न आठ देशका प्रहरी नेपालमा

मानव तस्करी रोक्न आठ देशका प्रहरी नेपाल आएका छन्। नेपाल ट्रान्जिट बनाएर भइरहेको तस्करी रोक्ने सञ्जाल बनाउन भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड, फिलिपिन्स र बर्माका प्रहरी नेपाल आएका हुन्।

भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमा खुलेआम तस्करी (भिडियो)

कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपाल सामान भित्र्याउथेँ। पछिल्लो समय तस्करहरु दिउँसै मालसामान सहरमा भिœयाउँछन्। पसल–पसल पु¥याउँछन्। कानुन पालना गर्न भन्सारमा खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मी देखेको नदेखै गरिदिन्छन्। पछिल्लो समय कर्मचारीसँग सेटिङ मिलाएर तस्करले सीमापारिबाट मालसामान भित्र्याउने कार्यलाई तीब्रता दिएका हुन्। तस्करहरुले कपडा, मोटरपार्टस, खाद्यान्न सामग्री, सुर्ती, गुट्खा र कस्मेटिक्स समानहरु सेटिङमा भित्र्याउँदा राज्यले पाउने राजस्व गुमिरहेको छ।

लागुऔषध तस्करी विरुद्धको कारबाहीमा मेयर मारिए

फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको विशेष कार्यक्रमका रुपमा सञ्चालित लागुऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन ।

डलर तस्करीमा सरकारी पाइलट

विमानस्थलको सुरक्षामा खटिएका नेपाल प्रहरीका एसएसपीको संलग्नतामा सुन तस्करीको खुलासा भएको केही महिनाभित्रै सरकारी पाइलटको संलग्नतामा अमेरिकी डलर तस्करी हुने गरेको खुलेको छ।

मानव तस्करीमा संलग्नको प्रमाण देखाए राजिनामा दिन्छुः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रकाशशरण महतले व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई आफूमाथि लगाएको आरोप पुष्टि गर्न चुनौती दिएका छन्। समितिले त्यस्ता आरोप पुष्टि गर्न सके मन्त्री पदबाट राजीनामा दिने उनको भनाइ छ।

तस्करीको सुनमा प्रहरी नजर

आपराधिक समूहसँग मिलेर मरुहिटीमा रहेको सुन बनाउने कारखानाबाट करिब ३० लाख पर्ने ६४ तोला सुन लुटेको अभियोगमा शनिबार प्रहरी जवान अजय गुरुङ पक्राउ परे। उनी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतकक्षमा पुग्दा त्यहाँ पहिल्यैदेखि थिए सई संवत तामाङ र प्रहरी जवान सूर्यबहादुर थापा।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्