७ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

लागुऔषध तस्करी विरुद्धको कारबाहीमा मेयर मारिए

मनिला – फिलिपिन्सका राष्ट्रपति रोद्रिगो दुतेर्तेको विशेष कार्यक्रमका रुपमा सञ्चालित लागुऔषध तस्करी विरुद्धको कारबाहीका क्रममा आइतबार बिहान फिलपिन्सको एक नगरपालिकाका मेयर मारिएका छन । 

प्रहरीले सो कारबाही फिलिपिन्सका विभिन्न नगर र ग्रामीण क्षेत्रमा पनि जारी राखेको छ । प्रहरीको सो कारबाहीमा परी आइतबार विहान ती मेयर सहित ११ जना व्यक्तिको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्। 

यहाँको प्रहरीद्वारा निकै सशक्त रुपमा सञ्चालित यस अभियानको फिलिपिन्सका जनतामा सकारात्मक प्रभाव परेको छ भने राष्ट्रपति दुतेर्ते पनि निकै लोकप्रिय भएका छन्। 

यद्यपि यस कनुनले प्रहरीलाई बढी अधिकार दिएको र न्यायिक प्रक्रियामा नल्याइकनै नागरिकलाई गोली हानेर मार्ने अधिकार दिएको भन्दै मानवअधिकारकर्मीहरुले भने आलोचकना गर्ने गरेका छन् । 

प्रहरीले जारी राखेको यो खोजी अभियानका क्रममा ओजामिज सहरका मेयर रिनाल्दो पारोजीनोङ सहित ११ जना मारिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरु मेयरको घरैमा बसेका बेला घेरा हालेर प्रक्राउ गर्न खोजेको जनाएको छ। 

“प्रहरीले खोजीको सूचीमा रहेकाहरुको खोजी गरिरहेको थियो र उनको घरसम्म पुगेको थियो सोही क्रममा मेयरका सुरक्षा गार्डले प्रहरीमाथि आक्रमण गरेपछि हाम्रा प्रहरीले जवाफी कारबाही गर्दा मेयर सहित उनीहरुको मृत्यु भएको हो,” क्षेत्रीय प्रहरीका एक जना प्रवक्ताले भने । 

दुतेर्तेले गत बर्षको निर्वाचनमा विजयी भएपछि लागुऔषध प्रयोग, ओसारपसार र कारोबारमा संलग्नहरुलाई कारबाही गर्ने प्रतिवद्धता जनाएका थिए ।

त्यस यता भएका लागूऔषधसँग सम्बन्धित कारबाहीमा परी दुई हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको समाचारमा जनाइएको छ । सो अभियान जारी नै रहने प्रहरीको भनाई छ । 

प्रकाशित: १५ श्रावण २०७४ ०७:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App